| बुधबार, कार्तिक २५, २०८३

आइकम नेपालका केन्द्रीय सदस्यमा सन्तोष गुरुङ निर्वाचित

इन्टरनेशनल काउन्सिल अफ म्युजियम नेपाल(आइकम)को केन्द्रीय सदस्यमा गोरखाका सन्तोष गुरुङ निर्वाचित भएका छन् ।

देशभरिका संग्रहालयहरुको छाता संगठन आइकम नेपालको शुक्रबार भएको छैटौ अधिवेशनबाट हिउचुली सामुदायिक सग्रहालय तर्फबाट गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

आइकम नेपालको अध्यक्षमा लिभि ट्रेडिशन म्युजिमबाट रमेश दवाडी, सचिवमा ज्यापु म्युजियमबाट सन्तमान महर्जन, कोषाध्यक्षमा दुधपोखरी म्युजिमबाट ओमप्रकार घिमिरे चयन भएका छन् ।

सदस्यहरुमा दुधपोखरी सग्रहालयबाट पवित्रा थपलिया, एभियसन म्युजियमबाट विजयकुमार शाही, एरोटिक आर्ट म्युजियमबाट मिना लामा, अन्तर्राष्ट्रिय माउन्टेन म्युजियमबाट राजन जोशी र थारु म्युजियमबाट विरेन्द्र महतो निर्वाचित भएका छन ।

छैटो अधिवेशनबाट नौ सदस्यीय कार्यसमिति चयन भएको हो । देशभरका ४० वटा म्युजियमको संस्थागत सदस्यता रहेकोमा निर्वाचनमा ३६ वटा म्युजियमका प्रतिनिधिले भाग लिएका थिए । जसमा १२ वटा म्युजियमले निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्