| बुधबार, कार्तिक २५, २०८३

लाप्राकका २५ बर्षीय सन्दीपद्वारा पहिलो पटक सगरमाथा आरोहण

लाप्राकका २५ बर्षका सन्दीप गुरुङले २४ घण्टाको अन्तरालमा आठहजार भन्दा अग्ला दुई हिमाल आरोहण गरेका छन् ।

आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका सन्दीपले गत मंगलबार ८,८४८ मिटर अग्लो सगरमाथा र बुधबार ८,५१६ मिटर अग्लो ल्होत्सेको सफल आरोहण गरेका हुन् ।

२०१७ सालदेखि आरोहण गर्न सुरु गरेको भएपनि आठहजार मिटरभन्दा अग्लो मनास्लु हिमाल गतबर्ष आरोहण गरिसकेका छन् । सगरमाथा आरोहणका लागि गतबर्ष प्रयास गरेको भएपनि यसपटक पहिलोचोटी सफल आरोहण गरेको उनले बताए । दुबै हिमाल उनले इलिट एक्सपेड कम्पनीमार्फत आरोहण गरेका हुन् ।

यसअघि उनले छ हजार मिटरभन्दा अग्ला अमादब्लम, हिमलुङलगायत ६ वटा हिमाल आरोहण गरिसकेको बताउँछन् ।
हिमाल आरोहणमै भविष्य देखेका उनले आउँदो जुन, जुलाईमा पाकिस्तानको केटु र ब्रोडपिक आरोहण गर्ने लक्ष्य राखेका छन् ।

यो पनि पढनुहोस्

प्रतिक्रिया दिनुहोस्