| बुधबार, कार्तिक २५, २०८३

गोरखामा वन्यजन्तुको अखेटोपहार सहित ९ जना पक्राउ

वन्यजन्तुको अखेटोपहारसहित गोरखाको बिभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन् । गत जेठ १ गते राती गैडाको खागजस्तो देखिने अखेटोपहारसहित उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए ।

गोरखा नगरपालिका–११ बाट तीन जना र पालुङटार नगरपालिकाबाट ६ जना पक्राउ परेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिकाबाट पक्राउ पर्नेमा कमला न्यौपाने, जानुका देवकोटा र जानुका कुमाल रहेका छन् । घरमा अखेटोपहार भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बैशाख ३१ गते उनीहरुलाई पक्राउ गरेको हो । आवश्यक कारवाही लागि प्रहरीले सो अखेटोपहार डिभिजन वन कार्यालयमा बुझाएको छ ।

त्यस्तै पालुङटारबाट पक्राउ पर्नेमा पानपा–५ का बेदम परियार, वडा नम्वर ६ का सोनाम तामाङ, आँवुखैरेनी–३ का कृष्ण शर्मा, चितवन भण्डाराका केशव चौधरी, चितवनको माडी नगरपालिका–५ का जीवन महतो र भरतपुर महानगरपालिका–२ कुमारी चौधरी रहेका छन् ।

कारवाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका सूृचना अधिकारी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्