| बुधबार, कार्तिक २५, २०८३

अनेरास्ववियु र युवा संघद्वारा गोरखा अस्पतालका सेवाग्राहीसँग सुझाव संकलन

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ गोरखाले गोरखा अस्पतालकाको सेवाको सवालमा सेवाग्राहीसँग सुझाव संकलन गरेको छ ।

अनेरास्ववियु र राष्ट्रिय युवा संघको स्थापना दिवसको अवसर पारेर सोमवार अस्पताल परिसरमै गएर सुझाव संकलन गरिएको अनेरास्ववियु जिल्ला अध्यक्ष प्रताप ढकालले बताए ।

कुल एक सय ५९ जना सेवाग्राहीको लिखित सुझाव संकलन गरिएको उनले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष राजेन्द्र पुडासैनीले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिदै लैजाने बताएका छन् ।

कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य निराजन पौडेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अमिर थापा, अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक प्रविन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्