
कफी खेती तथा नर्सरी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं २ तान्द्राङ स्थित ताराखसेमा कफी खेती तथा नर्सरी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
भिमसेन थापा गाउँपालिका वडा नं २ को आयोजना केन्द्रिय कफी सहकारी संघ लि. काठमाडौको प्रविधिक सहयोग तथा सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्था लि. धार्चे गोरखाको समन्वयमा आइतबार तालिम सम्पन्न भएको हो ।
तालिममा वडा नं २ का साथै आरुघाट र धार्चेका गरी ५० जना सहभागिता रहेको थियो । राष्ट्रव्यापी कृषक जागरण अभियानका साथै एक वडा एक उद्योग कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको हो ।

भिमसेनथापा गाउँपालिकाको वडा नं. २ लाई पनि कफी जोन क्षेत्र बनाउने उद्देश्यका साथ तालिम दिएको केन्द्रिय कफि सहकारी संघले जनाएको छ । अहिले धार्चे, आरुघाट लगायका क्षेत्रमा कफिको विउ पु¥याउनुका साथै नर्सरी सम्बन्धी तालिमहरु संचालन भइरहेको संघले जनाएको छ ।
वडा अध्यक्ष नारायण प्रसाद भट्टराइको अध्यक्षता तथा गाउँपालिकाकी उपप्रमुख अमृता वस्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय कफी सहकारी संघका अध्यक्ष तुलसीराज धिताल, संघका कोषाध्यक्ष रामजी भट्टराई, सर्भेसुलभ सहकारी संघका अध्यक्ष सन्तोष गुरुङ लगायत स्थानीयहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।




