
१० महिनामा ८ हजार ३ सय सवारी कारवाहीमा, ६१ लाख राजश्व संकलन
चालु आर्थिक वर्षको साउनयता आठ हजारभन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला टूाफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आवको दश महिनामा सानाठुला गरी आठ हजार तीन सवारी कारवाहीमा परेका छन् ।
कारवाही स्वरुप ६१ लाख १३ हजार पाँच सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई वसन्त पौडेलले बताए । त्यस्तै चालु आव १८ वटा सवारी दुर्घटना भएका छन् ।
सो दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा टूाफिक नियम उल्लंघनका घटनाहरु कम गर्नका सचेतनामूलक कार्यक्रमलाई पनि तिव्रता दिइएको कार्यालयले जनाएको छ ।




