| बुधबार, कार्तिक २५, २०८३

१३ जना मिटरव्याज पीडितले प्रशासनमा दिए निवेदन

न्यायको माग गर्दै अनुचित लेनदेन (मिटरव्याज) पीडितले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन थालेका छन् । हालसम्म १३ जनाको निवेदन परेको कार्यालयले जनाएको छ ।

गत बैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै प्रशासनले मिटरव्याज पीडितलाई निवदेन पेश गर्न आग्रह गरेको थियो ।
पन्ध्र दिनको समयसीमा राखेको प्रशासनले बैशाख २८ गते अर्काे सूचना जारी गर्दै सात दिनको म्याद थप गरेको छ ।

थप भएको म्याद अनुसार जेठ ७ गतेसम्म मिटरव्याज पीडितले निवदेन दिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए ।

सहकारीहरुले ऋण दिदाँ चर्काै व्याजदर असुल गर्दै आएको भन्दै विगत केही दिनदेखि ऋणीहरु आन्दोलनमा छन् ।
उनीहरुले व्याजदर घटाउनुपर्ने, ऋण मिनाहा गर्नुपर्ने जस्ता माग राख्दै आएका छन् । ऋण लिएको संस्थाले आफूहरुलाई मानसिक र शारिरिक तनाव दिदै आएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्