
सकियो ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम
जिल्ला टूाफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै वैशाख २५ गतेबाट कार्यक्रम सुरु भएको थियो ।
पहिलो दिन विपिचोकदेखि जिल्ला समन्वय समिति हालसम्म जनचेतनामूलक ¥याली गरिएको जिल्ला टूाफिक इन्चार्ज बेदनाथ भण्डारीले बताए । दोस्रो दिन जिल्लाभित्रका मुख्य सडकमा सवारी नियम सम्बन्धी पर्चा पम्प्लेट वितरण गरिएको उनले जानकारी दिए । पैदलयात्रुलाई बाटो काट्न सिकाउनुका साथै सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम समेत गरिएको उनको भनाइ छ ।
सप्ताह अन्तरगत तेस्रो दिन ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । पर्चा पम्प्लेट वितरण, स्टिकर टाँस, मास्क वितरण जस्ता पनि गतिवधि पनि संचालन गरिएको भण्डारीले बताए । चौथौ दिन चालक– परिचालक प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । लघु सचेतना कार्यक्रम समावेश गरी सडकमै सवारी चालक, परिचालकहरुलाई प्रशिक्षण दिइएको बताइएको छ । छैटौ दिन सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
अन्तिमदिन आइतबार जिल्लाका यातायात व्यवसायी, मजदुर, स्थानीय तह, सामाजिक सघंसंस्थाका पदाधिकारी लगायत सरोकारवालासँग टूाफिक दुर्घटना न्यूनीकरण सम्बन्धी समिक्षा सहितको अन्तरक्रिया कार्यक्रम गरिएको छ । साँझ बेलुका हरमटारीचोकमा सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन समेत गरिएको छ ।
गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, पोखरा महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टूाफिक व्यवस्थापन कार्यालय कास्कीको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको सहकार्य तथा समन्वयमा सत्पाहव्यापी कार्यक्रम संचालन भएको हो ।




