
प्रेस चौतारी गोरखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुजन न्यौपानेलाई
प्रेस चौतारी नेपाल गोरखा शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुजन न्यौपानेले पाएका छन् ।
प्रेस चौतारी गोरखा शाखाका यस अघिका उपाध्यक्ष सुजन न्यौपानेलाई प्रेस चौतारी गण्डकी प्रदेश समितिले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
यस अघिका अध्यक्ष अश्विन दानी केन्द्र, प्रदेश र जिल्लामा सम्पर्कमा नभएको र संस्था पनि चलायमान नभएकाले संगठनको विधान अनुरुप संस्थाको गतिविधिलाई चलायमान बनाउन न्यौपानेलाई कार्यवाहक अध्यक्ष तोकिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्रप्रसाद पौडेलद्वारा हस्ताक्षरित वैशाख २९ गतेको पत्रमा उल्लेख छ ।





