
यातायात व्यवसायीहरु सहभागी भएको सहकारी संस्था गठन
गोरखामा यातायात व्यवसायीहरु सहभागी भएको सहकारी संस्था गठन गरिएको छ । गोरखा दरौदी यातायात व्यवसायी प्रालिमा आवद्ध २८० जना व्यवसायीहरु सहभागी भएर शनिबार सहकारी संस्था गठन गरिएको हो ।
गोरखा दरौँदी यातायात व्यवसायी सहकारी संस्था लिमिटेड नामको सो सहकारी संस्थाको तदर्थ समितिको अध्यक्षमा नारायणबाबु खत्री चयन भएका छन् । उपाध्यक्षमा अन्जन खत्री
सचिवमा गणेश बानियाँ र कोषाध्यक्षमा शान्ता भट्ट चयन भएका छन् ।
त्यस्तै संस्थाको सदस्यमा शरद कट्टेल, रितु सुनार, एकराज उपाध्यक्ष, ज्ञानकाजी श्रेष्ठ र ज्ञानहरि अर्याल चयन भएका उपाध्यक्ष अञ्जन खत्रीले जानकारी दिए ।
यातायात व्यवसायी र यातायात मजदुहरुको खाता सञ्चालन गर्ने र बचत गर्ने बानी बसाल्ने तथा उनीहरुको वित्तीय विकासका लागि थप कार्य गर्ने उद्देश्ले सहकारी संस्था बनाइएको उनले बताए ।




