
एउटा गोरखाली हुनुका नाताले लागेको चिन्ता

(हालः काठमाडौँ)
आफ्नो प्रदेश ४, गण्डकी प्रदेशका मुख्यमन्त्री जस्तो गरिमापूर्ण पदमा छिमेकी गाउँ खोपलाङका ऐतिहासिक परिबारका बन्धु माननीय सुरेन्द्र पाण्डेजी नियुक्त हुनु भएको समाचार पढ्न पाउँदा प्रसन्नता लाग्यो । उहाँले लुइँटेलभन्ज्याङ्गको अमरज्योति माध्यमिक बिद्यालयमा पढेर पाएको शिक्षाले नै जीवनको यो सफलता पाएको भनेर आफ्नो जीवनी दिनु भएकामा आभार ब्यक्त गर्दछु । यो ज्योतिको पंख धेरै माथिसम्म कावा खान सकोस् हार्दिक अभिनन्दन गर्न चाहन्छु ।
आफू कुनै समय खोपलाङ्ग भन्ज्याङ्गमा प्रारम्भिक शिक्षा लिएको समयको सम्झना आउँछ । तसर्थ हामी एकै रहका सम्झन्छौँ । आज दुबै भन्ज्याङ्गबासीका दुख लियर कुनै ढोकामा हात जोड्न जान नपर्ने हुनेछ ।
मैले बरोबर कतै लेख्दा वा सुनाउंँदा यो देश त गोरखा संस्थापना गर्दा मस्र्याङ्गदी–चेपे नदी पूर्ब र बूढीगण्डकी–त्रिशुली नदी बेष्ठितभित्रको मूल भूगोल नै बृहत्तर रूपलियको भन्ने गरेको मा धेरैले बुझ्नै अप्ठेरो मान्ने पाउथें । कतिको लागि अलोकप्रिय लाग्ने गरेको भए पनि आफ्नो इतिहास सबैले बुझुन् जस्तो मान्दथें । आजकाल देशको नाम नेपाल (?) रहेको मन पराउने थुप्रै छन् । यो देश नै ‘नेपाल’ (?) नाम नै कसरी रह्यो बुझ्न सकिन्न । पाल भन्ने थरका शासकको भने यदा कदाका लेख देखिन्छन् । मगधभित्र एक समय मत्स्यन्याय थियो भन्ने ईतिहास देखिन्छ । अर्थात् ‘जिस्का लाठी उस्का भैंस’ आहान चलेको बुझिन्थ्यो । त्यहि पो ‘मत्स्यन्याय’ जस्तो लाग्छ । आजको हामीकहाँ सिंगौरी खेल निकै लोकप्रिय देखिन्छ । सिंगौरी सिंङ भएका चारखुट्टेको लागि लाग्थ्यो । अहिले खुट्टा नभै गोडा भयका जुरो र हान्ने सिंग नभएका बीचको खेल हो । ‘नेपाल’ नाम राख्दा पनि सिंङ भएका र सिंङ ठुन्किएका बीच पुगे जस्तो लाग्छ । सिंङ–जुरो नभएकाको चलाखीले ‘ने’ जोडेर ‘नेपाल’ बनाय जस्तै लाग्छ ।
ठूलाको सिंङ ठुटो हुने जुरेको सिंङ पल्हाउने केसंग तुलना गर्ने ‘गोरखा’ भन्दा पहिला कुनै भूगोल देखिन्न । ने–पाल भने मगधतिर नयपाल(११४१सम्बत) नामका राजा गोपाल प्रथम (८४३संवत) का बंशज देखिन्छन् । यिनैका बंशज धर्मपाल, पछि देव पाल थिए । देव पालको राज्य बिस्तार हिमालयसम्म (कैलाश क्षेत्र–त्रिबिष्टप अर्थात टिबेट) रहेका केही जाती यता बसेर पाल बंशका प्रजालाई पालको स्मृतिदायक मिल्दो नाममा राज्य बनाई आफ्ना भारदारद्वारा स्थापित देश पो हो कि लाग्नु अस्वाभाबिक हुन्न । गोरखा भने शैव संस्कृतिको उच्च नाथ सम्प्रदाय प्रखरको प्रतीक नै थियो भन्दा हुन् । त्यस्तो विशाल अर्थ लाग्दो नाम राखेर उत्थान देशको त कस्तो अनर्थ देश भयो । यो बहस लाई यहि रूपमा हेर्दै छु । मैले पंचायत जस्तो कुशल र पवित्र संस्कृति को लक्ष्यले हावा खायो । अरू त किस खेतका मुली लाग्नु अनुचित होओइन ।
पालुङटार, पालुङ, पाटन नाम नि पाल जसरी अथ्र्याउदा मुलुकको अर्थ बुझियला र ? । यहाँ पालहरूले छिमेकका गंगा नदीक्षेत्रको भागलपुर, मुंगेर, कटिहार, मालदाह आदिबाट प्राप्त ताम्रपत्र, शिलापत्र जस्ता अभिलेख उपेक्षित हुने लाग्छ ।
नि(अव्यय) (नि वा ङि ?) प्राय संज्ञा वा क्रिया कने पूर उपसर्गको रूपमा प्रयुक्त गरिने, क्रिया विशेष या सम्बन्धबोधक अव्ययका रूपमा बिरलै प्रयोग, ,गणक (सिद्धातानुसार) (उँधोतिर गति लिने या अन्य अर्थवोधक बुझिन्छ । कतिपय अर्थमा आश्रय शरण अर्थ पनि नकार्न सकिन्न(दुर्गादासका अनुसार मिल्काउनु वा दिनु आदि अर्थमा पनि प्रयुक्त गरिने मत छ ।) यहि कुरा पुष्टिकर्ताले ‘ने’ काल्पनिक मुनि उठायको स्पष्ट लाग्यो ।
गोरखाको आधिन बृहत्कारण्य,चम्कारण्य, ललारि कुसाराण्य, बघवनं नरसाहि, दण्डकारण्य समिपस्थ कुसीनगर ं ? लुम्बीनी, नैमिसारण्य हुँदै उतराखण्ड (गंगोत्री यमुनोत्तरि, बद्रिनाथ तथा केदारनाथ आदि गंगावारिका धार्मिक स्थान र ‘नाथ’को गुफा या अखडाभित्र गौ रक्ष कसरी तुच्छ सम्झेर काल्पनिक(?) ऋषिका स्तोत्र अपनाय विद्वतबृन्दबाट सुस्पष्ट हुन चर्चामा आओस भन्ने आग्रह हो । कलकता, मद्रास, चेन्नइ, याङ्गुन, म्यानमार, बेइजिङ् आदिले नामले मुक्ति पाउने गोरखालाई किन टुहुरो ?
पाटन(ठूलोबारी) वस्का गह्रा लम्बा चौडा फराकिला सम्झिइने गर्छ, ढोरपाटन, पश्चिमका प्रायःजसो जिल्लामा भूमि नै सम्झिने बिम्ब हो, पटना शहर पनि पालकै समयको पाटलीपुत्र महाभारतमा जरासन्धको राज्य मानिन्छ । विद्वानहरुको दायित्व अल्पज्ञानीलाई शिक्षा दिनु हो । पहिले विद्वतबृन्द शास्त्रार्थ गर्दथे । हुएनशांगले पनि संस्कृत शिक्षा अध्ययन गरी शास्त्रार्थमा विजय प्राप्त गरेका भनिन्छ । यो खोतल्नुको रहस्य यस्तै सत्यको प्राप्ति पनि हुन सकोस् ।
लेखकले बिना आफ्ना टक्करका विद्वानसंग सिंगौरी नखेली लेखिने ज्ञानले सनातन धर्म संस्कार संस्कृति समाजबाट लोप होस । होसै नआई बेहोसमा अनेक रूप रंगका साहित्यले सनातन बिर्सिएर पथभ्रष्ट होस । नोवेल पुरस्कार सर भीयश नयपाललाई तपाईँ पाल्पातिरका नेपाल अड्किएको छ । यहाँ दम्पती सहित पाहुना मान्न आमन्त्रण भयो । पत्रोत्तर पहुंचसम्म पाइएन । उहाँ यहि पाल समूहको अध्ययन गर्न हिन्दूवादी भारतीय जनता पार्टीमा सम्पर्क सुत्रमा परेर सत्यको नजिक पुग्नु भएको गार्इँगुइँ भने सुनियो । हाम्रा गोत्र र तोत्रमा पनि रहश्य भेटिन्छ ।
नवग्रह स्तोत्रका श्लोकमा ‘रविपत्र यमाग्रज सिंहिका गर्भ संभूतो’ भन्नेछ । यी स्तोत्र ब्यासजीका मुखारबिन्दबाट प्रकट छन् । जब हामी नवग्रह शान्तिका लागि स्मरण गर्छौं । सिंहिका हिरण्य कश्यपु पुत्री औ श्रृषिवर कश्यप बंशज हुन् भनी श्रीमदभागवत महापुराण सम्बन्धित हो । यी धर्म संस्कृति र संस्कार समबदेध । यहाँ अति कठिनाइसंग भारद्वाज संस्कृति सम्बर्धनकेन्द्र संस्थापित गरिएको पीडा स्मरण गरियो । आज कता गयो ? यो किन कोट्याएको भने ईतिहास मारियो । तसर्थ पुराना कुरा कोट्याउँदा नै ज्ञानका सागर भेटिने यथार्थ नलत्तियुन् । समाजमा पुनः गोडा पखालेर पिरामा बसुन् ।
गोरखातिर भनिन्छ, ‘आकाशको राहु पातालको केतु, यति हुंदा नि अझ नचेतु ? हामीले अलिकति अंग्रेजी के बुझ्यौं ठान्यौँ कि, विश्व ब्रह्माण्ड सबै बझ्यौं । यहाँ आएका अंग्रेजहरू दिसामैदानमा जाँदा पानीका लोटा झुन्ड्याइँ बुटामुनि या गराका कुना काप्चा गएका देखिन्न । टिसु पेपर लिएर जान्छन् । बेलायतका राजादेखि रंकसम्मको संस्कार र आफनो पुख्र्यौली बाहिर बस्ने संस्कारमा लोटा भरि पानी झुन्ड्याउने कसै बिर्सन्न । धोती होस या दुई अंगुलको टालोलाई लंगौटि भनँु, चलन त उही छ । मान्छेमा गुण र दोष सबै छ तर लाज भने सबैमा भएकै हुन्छ ।
आमाले ‘ते बाबु ते, बाबू बढ् बढ् भन्दा नाङ्गो जिउ लाए पनि छ्यौर गरेपछि कन्नानी र लंगौटीको फुर्कोले लाज छोपिन्छ । उसैले आफ्ना प्यारा पिता मानिएका राजा नै दुई ढुङ्गाकाले च्यापिएको तरूल जसतो देशको चिन्ता जनताले टोपी झिकेर नचाए पनि आप्mनै देश, आफ्नै राजा, आफनै भाषा, आफ्नै भेष । गोरखाको छाति कति चिरिन्छ । उस्ले जितेको देश कमनवेल्थको पेटेन्ट बनाई कौवाको प्वांखमा मजुरका भुतला टांसेर लौ महाराज, यहाँ पंजा छाप राख नत्र पिठ्यूंमा पिस्तौल राखेपछि पनि लुरू लुरू जनता श्रृजना गोरखा अधिराज्य बलात्कृत भयो ।
एउटा कुनामा धुरूधुरू रोई आँशु पुछ्ने पारियो । २००७ साल सारा सर्वस्व त्यागी निर्बासन भएकै थिए र या दण्ड सजायँ भोग्न पारियो । न्यायप्रेमी त सडककै जनता देखिन्छ । बहर दाउँदा एकातिर जोत्दा–जोत्दा जुवाको काठले पत्थर समान कडा कांधवाला बयलसंग नारिने अनुभवहीन वहर जोत्ने जस्तो स्थिति देखियो । ३० बर्षमा यी फटाहाहरूका पछि नलागेका भए, यो देश कति अग्रपंत्तिमा हुदो हो जस्तो लाग्छ । क्रमभङ्गले पारेको खाडल पुर्दैमा दिन जान्छ र देश त अरू पछाडि पार्छ । यो चेतना बुद्धिजीविले लिनु पर्ने वा लिनै पर्छ । गोरूको साँटो बोके जोतेर भात खाने या उपनिवेशसरह बाँच्ने या अन्य उदाहरण सरह अस्तित्वविहिन राज्यबासी बनेर हरिया दाँत लिने ? जवाफ चाहियो ।




