
नेपाल नेत्र ज्योति संघ गोरखाको अध्यक्ष शितलकाजी मास्के
नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गोरखाको ११ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशनबाट शितलकाजी मास्केको सभापतित्वमा नयाँ कार्य समिति चयन गरिएको छ ।
समितिको नयाँ सदस्यमा १२ जना निर्वाचित भएका छन् । अधिवेशनबाट निर्वाचित समितिका सदस्यहरुमा रामबाबु जोशी, योङ कुमार श्रेष्ठ, लक्ष्मणबाबु आचार्य, सिताराम तिवारी, श्यामबाबु श्रेष्ठ र सुजन कुँवर रहेका छन् । त्यस्तै, समितिको सदस्यहरुमा श्यामबाबु जोशी, सञ्जय अधिकारी, सन्तोषी श्रेष्ठ जोशी, मन्जु देवी अर्याल, बसुन्धरा जोशी र उमा कुमारी जोशी निर्वाचित भएका छन् । नयाँ कार्य समितिको अब बस्ने वैठकबाट नै १२ जनाबाट बाँकी पद बाँडफाँ हुनेछन् ।
नेत्र ज्योति संघ गोरखामा हाल ८३ जना सदस्य रहेका छन् । संस्थाको ११ औँ वार्षिक साधारण सभामा सचिव रामबाबु जोशीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष योङकुमार श्रेष्ठका आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको लायन्स आँखा सेवा केन्द्र गोरखा कार्यालय सचिव बालकृष्ण पोखरेलले बताए ।
नेत्रज्योति संघ गोरखा शाखाका निवर्तमान अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ बागमती प्रदेशका अध्यक्ष ऋषिराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल नेत्र ज्योति संघ केन्द्रिय सदस्य चिज कुमार मास्के, नेपाल नेत्र ज्योति संघ गण्डकी प्रदेशको सचिव श्रवण कुमार जोशी, जिल्लाको शाखा निवर्तमान सभापति पोपनाथ घिमिरे, जिल्ला शाखाका सल्लाहाकार धिरजबहादुर मास्के, संस्थाका आजीवन सदस्य बद्रीबहादुर मास्के, मन्जुदेवी अर्याल, लायन्स क्लव अफ गोरखका अध्यक्ष लक्ष्मणबाबु आचार्य र नेत्र ज्योति संघ गोरखाका निवर्तमान उपसभापति शितलकाजी मास्के लगायतले मन्तव्य राखेका थिए ।




