| बुधबार, कार्तिक २५, २०८३

होर्डिङ बोर्डमा मादक पदार्थको विज्ञापन हटाउन निर्देशन

सार्वजनिक स्थलमा राखिएको होर्डिङ बोर्डमा भएका मादक पदार्थको बिज्ञापन हटाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

सार्वजनिक सूचना जारी गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । ‘कुनै पनि माध्यमबाट मादक पदार्थको विज्ञापन नगर्नु÷नगराउनु भन्ने सम्माननीय सर्वोच्च अदालतबाट भएको आदेशानुसार होडिङ बोर्डबाट भएका त्यस्ता विज्ञापनहरु हटाउनुहुन सम्बन्धित विज्ञापनकर्ता साथै सबै सरोकारवालाहरुमा यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएको छ ।

निर्देशन विपरितका मादक पदार्थसँग सम्बन्धित विज्ञापन भएका होडिङ्ग बोर्डहरु राखेमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्