| बुधबार, कार्तिक २५, २०८३

मृत भेटिएका नाम्रुङका ग्याल्जेनको ‘हत्या’ आशंका

एक साताअघि आफ्नो घरभित्रै मृत भेटिएका दोर्जे ग्याल्जेन लामा (ठकुरी) को हत्या भएको आशंका गरिएको छ । गत बैशाख १७ गते चुमनुव्री गाउँपालिका–४ नाम्रुङस्थित आफ्नै घरभित्र मृत भेटिएका ४५ बर्षीय उनको हत्या भएको स्थानीयबासीले आशंका गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठका अनुसार मृतक लामाको गर्दनमा चोट देखिएको छ । ‘मृतकको गर्दनमा चोट पनि भेटिएको छ । केही शंकास्पद बस्तुहरु पनि बरामद गरेका छौँ,’ उनले भने, ‘थप अनुसन्धान जारी छ ।’ शव पोष्टमार्टममा भने समस्या भएको उनले बताए । ‘घटना भएको जानकारी हामीलाई ढिला आयो । हाम्रो टोली पुग्दा लाश सडेर गन्ध आइसकेको थियो, पहिरोका कारण बाटोमा पनि समस्या भएकाले बोकेर तलसम्म लाश ल्याउन सम्भव भएन,’ उनले भने ।

हत्या हो वा होइन भन्ने बारे आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्