
गोरखाको विरेन्चोकमा बोलेरो र माइक्रोबस ठोक्किएर दुर्घटना
मदन लोहनी :
गोरखा नगरपालिका वडा नं १० स्थित विरेन्चोकमा सोमबार दिउसो एक बजे बोलेरो जीप र माइक्रोबस ठोक्किएर दुर्घटना भएको छ ।

काठमाण्डौबाट गोरखा आउदै गरेको बा ४ ख ६३६० नंबरको माक्रोबस र गोरखाबाट बाह्रकिलो जादै गरेको ना ४ च ५९६५ नम्बरको बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब निरीक्षक बेदनाथ भण्डारीले बताए ।
सवारी दुर्घटनामा माइक्रोमा सवारी दुई जना सामान्य घाइते भएको उनले बताए ।
उनीहरु गोरखा अस्पतालमा उपचार गरेर पनि फर्किसकेको उनले बताए ।
सो सवारी दुर्घटनाबाट माइक्रोबसको अगाडि भागमा केहि क्षति पुगेको जनाएको छ ।




