| बुधबार, कार्तिक २५, २०८३

मानव सेवा आश्रमका हिमाललाई परिबारको जिम्मा लगाइयो

लामो समय मानव सेवा आश्रम गोरखामा रहेका १३ बर्षीय हिमाल परियारलाई उनको परिबारसंग पुनर्मिलन गराइएको छ । २०७६ साल मंसीरदेखि आश्रममा रहेका परियारलाई शनिबार उनका बुबा कृष्ण परियारको जिम्मा लगाएर घरमा पठाएको आश्रमकी मुनाले जानकारी दिइन् ।

प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुणानिधि तिवारी, गोरखा नगरपालिका ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशीको रोहोबरमा उनलाई परिबारको जिम्मा लगाएको मुनाले जानकारी दिइन् ।
उनलाई पोखरा महानगरपालिका–२७ को डाँडाकोनाकमा सडक बालकका रुपमा फेला पारेपछि प्रहरीले मानव सेवा आश्रम पोखरालाई जिम्मा लगाएको थियो । पोखराको मानवसेवा आश्रमबाट बालबालिकाहरु मात्र रहने गोरखाको मानव सेवा आश्रममा स्थानान्तरण गरिएको थियो ।

पाँच बर्षदेखि छोरा हराएकामा विक्षिप्त उनका परिबारले उनी मानव सेवा आश्रम, गोरखामा रहेको बारे तीनबर्ष अघि जानकारी पाएको थियो तर आर्थिक अबस्था नाजुक भएका कारण अहिलेसम्म आश्रममा नै छाडेका थिए । अहिले कक्षा ४ मा अध्ययनरत हिमाललाई पोखरामा नै लगेर अध्ययन गराउने प्रतिवद्वता पछि परिवारको जिम्मा लगाएको मुनाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्