
गोरखाकी सुशीला सिंखडा बनिन् गण्डकी प्रदेशको मन्त्री
गोरखाकी सुशीला सिँखडा गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएकी छिन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सपथ खानेवित्तिकै सिँखडालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
त्यस्तै मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पनि मन्त्रीमा नियुक्त गरेका छन् ।
सिँखडा नेकपा माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट गण्डकी प्रदेश सभाकी सांसद बनेकी हुन् ।




