| बुधबार, कार्तिक २५, २०८३

महिला उद्यमी संघ आरुघाट इकाइ समितिको अध्यक्षमा खनाल

महिला उद्यमी संघ आरुघाट गाउँपालिका इकाई समितिको अध्यक्षमा देवका खनाल चयन भएकी छन् । महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना तथा आरुघाट गाउँपालिकाको समन्वयमा विहिबार भएको कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय इकाइ समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा राधिका लामिछाने, सचिवमा रेणु उपरकोटी र कोषाध्यक्षमा अमिषा आलेमगर चयन भएका छन् । समितिको सदस्यहरुमा किमा परियार, अनु बराम, प्रमिला बोहोरा, शोभा गुरुङ, सविता श्रेष्ठ चयन भएका महिला उद्यमी संघ गोरखाकी सचिव सिर्जना पाण्डेले बताइन् ।

सबै पालिकामा इकाई समिति गठन हुने बताउदै आरुघाट गाउँपालिकामा पहिलो पटक इकाई समिति गठन भएको हो । अन्य पालिकामा पनि छिटै समिति गठन हुने जनाएको छ ।

समितिले आरुघाट गाउँपालिका भित्र रहेका महिला दिदीबहिनीकाहरुको व्यवसायको हितका निम्ति पैरवी गर्ने र बजारको निम्ति समन्वय गर्ने गरेको सचिव पाण्डेले जानकारी दिइन् ।

महिला उद्यमी संघ गोरखाका अध्यक्ष रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा आरुघाट गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपाली, गोरखा उद्योग वाणिज्य संघ आरुघाट बजार इकाइको अध्यक्ष टिका नारायण श्रेष्ठ, महिला संघमी संघ गोरखाका सहकोषाध्यक्ष अस्मिता कट्टेल लगायत आरुघाटका स्थानीय महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्