
गोरखा नगरपालिकाका सर्वसाधारणलाई कानून सिकाउँदै
गोरखा नगरपालिकामा सर्वसाधारण व्यक्तिलाई राज्यले अवलम्बन गरेको ऐन, कानुनका बारेमा जानकारी गराउने उद्देश्यले कानूनी साक्षरता अभियान सुरु गरिएको छ ।
सर्वसाधारणलाई न्यायको पहुँचमा पु¥याउने उद्देश्यले वडातहमा नै पुगेर कानूनी साक्षरता कार्यक्रम संचालन गरिएको हो । नगरपालिकाको आयोजनामा वैशाख १० गतेदेखि प्रत्येक वडामा कार्यक्रम संचालन भइरहेको नगरपालिकाकी उप्रपमुख तथा न्यायिक समितिका संयोजक मसली माया थोकरले बताइन् ।
न्यायपालिकाको क्षेत्र र अधिकारको बारेमा नगरबासीलाई जानकारी दिन र सबै नागरिक न्यायको पहुँचमा पु¥याउनका लागि कानूनी साक्षरता कार्यक्रम संचालन गरिएको उनले बताइन् । नगरभित्रका धेरैले कानूनी सम्बन्धी नीतिनियमको बारेमा अनभिज्ञ रहेको र अन्यायमा परेका व्यक्तिहरु स्थानीय तहको न्यायिक समिति, प्रहरी, अदालत कहा जाने भनेर धेरैलाई थाहा नभएका कारण पहिलो पटक नगरपालिकाले कानूनी साक्षरता कार्यक्रम संचालन गरिएको उनले बताइन् । अन्यायमा परेका सर्वसाधारण न्याय माग्न कहा जाने, कस्लाई भेट्ने भनेर अन्यौल हुदा पटक पटक अन्याय र हिंसाको सिकार हुनु परेको उनले बताइन् ।

त्यस्तै, समुदायमा घटेको घटना पहिला सोहि स्थानको छरछिमेकमा पुग्ने भएकाले सम्बन्धित स्थानको टोल विकास संस्था, महिला समूह लगायतका संघसंस्थाका पदाधिकारीहरुलाई पनि कार्यक्रममा सहभागि गराएर तालिम दिएको उनले बताइन् । उनीहरुका साथै पालिका र वडाका जनप्रतिनिधि, वडास्तरमा सूचिकृत भएका मेलमिलाकर्ताहरु पनि तालिममा सहभागि हुनेछन् ।
नगरपालिकाको कानून तथा पैmसला कार्यान्वय शाखाकी शाखा अधिकृत विमला वाग्लेले नगरपालिका भित्रका १४ वटै वडामा अभियानका रुपमा कानून सम्बन्धी साक्षरता कार्यक्रम संचालन भइरहेको बताइन् । समाजमा सामाजिक सहिष्णुता कायम राख्न र सर्वसाधारण व्यक्तिको समेत न्यायमा पहुचमा पुगोस भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको उनले बताइन् ।

साथै अशक्त, अपाङ्ग, अतिविपन्न परिवारलाई मुद्दामामिला लड्दा पैसा, इज्जत, अनावश्यक समस्या नहुने गरी स्थानीय तह, सरकारी वकिल कार्यालय, जिल्ला अदालतबाट निशुल्कमा कानूनी सेवा प्रवाह हुन्छ भनेर जानकारी गराउन पनि उक्त कार्यक्रम संचालन गरिएको उनले बताइन्् । उनका अनुसार गाउँ गाउँमा सिहदरबार भन्ने अवधारणा अनुसार नै सबै न्यायका पहुँच पु¥याउन कार्यक्रम गरिएको हो ।
वैशाख १० गतेबाट सुरु भएको कानूनी साक्षरता कार्यक्रम वैशाख १८ गते सम्म संचालन हुने उनले बताइन् । नगरपालिका भित्र हाल सम्ममा वडा न. ३, ५, ६, ९ र १० गरी पाँच वटा कार्यक्रम सम्पन्न भइसकेको गोरखा नगरपालिका न्यायिक समितिका सदस्य देबेन्द्र बस्नेतले बताए । आज वडा न. १३ र १४ मा कानूनी साक्षरता कार्यक्रम संचालन हुने उनले बताए । बाँकी वडाहरुमा १८ गते भित्र कार्यक्रम गरिसक्ने जनाएको छ ।

उनका अनुसार प्रत्येक दिन विहान र दिउसो गरे दुई वटा वडामा कार्यक्रम संचालन गर्दै आएको छ । एउटा वडामा प्रत्येक दिन ६ घण्टा सम्म कानूनी साक्षरता तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्दै आएको छ । प्रत्येक वडामा जिल्ला सरकारी वकिल कार्यालय गोरखाका जिल्ला न्यायाधिवक्ता सुरेन्द्रराज काफ्ले र अधिवक्ताका रुपमा स्थानेश्वर दवाडी र रमेश अधिकारीले कानूनी साक्षरता तथा प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएका छन् ।
उनीहरुले न्यायिक समितिको क्षेत्र, काम कर्तव्य र अधिकार, मेलमिलाप सम्बन्धी अवधारण र मेलामिलाप कर्ताको भूमिका विषयमा अभिमुखीकरण दिने गर्दछन् ।
त्यस्तै, महिला हिंसा, जबरजस्ती करणी, बहुविवाह, बोक्सी आरोप लगायतका विषयमा भएका प्रचलित कानूनी व्यवस्थाहरु र अपनाइने कार्यविधिका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिने गर्दछन् । त्यस्तै, नागरिक समाज, टोल विकास संस्थाको हैसियतमा समाजमा अपराध नियन्त्रण गर्न कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्नेलगायतका विषयमा पनि प्रशिक्षण दिने गर्दछन् ।

वडा स्तरमा आएको मुद्धामामिलाहरुको समस्या समाधान गर्नका लागि नगरपालिकाको न्यायिक समितिले १४ वटै वडामा ६÷६ जना मेलमिलाप कर्ता छनौट गरेका छन् ।
वडास्तरका कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएपछि मेलमिलापकर्ताहरुका लागि एक हप्ता तालिम हुने उपप्रमुख थोकरले जानकारी दिइन् । तालिममा मेलमिलापकर्ताहरुको क्षेत्र अधिकार र मेलमिलाप गर्ने प्रक्रियाका बारेमा प्रशिक्षण दिइनेछ ।
बुधबार गोरखा नगरपालिका वडा नं १० र वडा नं ६ मा कानूनी साक्षरता सम्बन्धी कार्यक्रम भएको थियो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मससी माया थोकर, नगरकार्यपालिका सदस्य सावित्रा थापामगर, नगरपालिकाको न्यायिक समितिका सदस्य देबेन्द्र बस्नेत, जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता सरेन्द्रराज काफ्mले, वडा अध्यक्षहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।




