
हाईटेण्सन लाइन सर्ट हुँदा करेन्ट लगेर गोरु मर्यो
पालुङटार नगरपालिका वडा नं १ बाँसपानीमा विद्युतको पोलमा करेन्ट लगेर एउटा गोरु मरेको छ ।
जंगलमा गाडिएको विद्युत पोलमा रहेको इन्सुलेटर फुटेर तारको करेन्ट पोलमा प्रवाह हुँदा मंगलबार दिउसो स्थानीय किसानको गोरु मरेको नेपाल विद्युत प्राधिकरण वितरण शाखा गोरखाका प्रमुख चिज बहादुर गुरुङले बताए ।
‘पोलमा रहेको इन्सुलेटर फुटेर तार च्यानलमा लाग्यो, च्यानलबाट पोलमा करेन्ट प्रवाह भइरहेको रहेछ’, उनले भने, ‘खासमा ब्रेकर डिूप हुनुपर्ने तर तार लामो भएर होला ब्रेकर नै डिूप भएनछ ।’ इन्सुलेटर(गट्टी) पुरै फुटेका कारण लाइन सर्ट भएको उनले बताए । उक्त इन्सुलेटर मान्छेले फुटाएको वा आफै फुटेको भनेर थाहा नभएको उनले बताए ।
उक्त पोलमा गोरखाबाट ११ केभीको लाइन प्रसारण भइरहेको छ । स्थानीय काजीमान श्रेष्ठको गोरु मरेको वडा अध्यक्ष कृष्ण बहादुर परियारले बताए । कोलकाटे सुन्तले हाईडेसन लाइन सट भई श्रेष्ठको गोरु मरेको हो ।




