
गोरखामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताहव्यापी कार्यक्रम सुरु
गोरखामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार मंगलबारबाट सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनामुलक कार्यक्रम सुरु भएको हो ।
सो कार्यक्रम अन्तरगत १२ गतेदेखि २४ गतेसम्म जिल्लाभरिका विभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी माइकिङ हुनेछ । जसमा विस्तार गए गन्तव्यमा पुगिन्छ, छिटो गए भन्न सकिन्न, गाडीमा सिट क्षमता भन्दा बढि यात्रु नराखाँै, भुण्डिएर यात्रा नगरौँ, मोटर साइकल र स्कुटर चालकले अनिवार्य हेलमेट लगाऔँ आदि माइकिङ हुनेछ ।
त्यस्तै, लाइसेन्स नभएको मान्छेले सवारी साधन नचलाऔँ, अरुलाई पनि चलाउन नदिआँै, दुर्घटनाबाट बचाँै, पैदलयात्रीले जेब्राव्रmसिङबाट मात्र बाटो काटौँ, पैदल हिड्दा सडकपेटी प्रयोग गरौँ, सवारी चालकले बजार क्षेत्र लगायतका क्षेत्रमा अनावश्यक हर्न नबजाऔँ, सवारी साधनको नियमित चेकजाँच गराँै, मादक पदार्थ सेवा गरेर सवारी साधन नचलाऔँ लगायतका बारेमा माइकिङ गरी सचेतना गराइने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारीले बताए ।
त्यस्तै, २५ गतेदेखि ३१ गतेसम्म एक साता ट्राफिक सप्ताह कार्यक्रम हुनेछ । २५ गतेबाट सवारी दुर्घटना न्यूनीकरणका लागि प्रत्येक दिन फरक फरक स्थानमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन हुने उनले बताए ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाको सयुक्त आयोजनामा कार्यक्रम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमख भण्डारीले बताए ।




