| बुधबार, कार्तिक २५, २०८३

मातातीर्थ औँशीमा ८६ बर्षिया भण्डारी सम्मानित

मातातीर्थ औँशीको अवसर पारेर द्विज बन्धु संस्कृति समाजले ८६ बर्षीया शिवकुमारी भण्डारीलाई सम्मान गरेको छ । गोरखा नगरपालिका–६ निवासी उनलाई विहिबार एक कार्यक्रमका बीच दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

समाजले विगत १५ बर्षदेखि मातातीर्थ औँसीको दिन माता सम्मान कार्यक्रम गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत यसबर्ष भण्डारीलाई सम्मान गरिएको समाजका कोषाध्यक्ष किरण अर्यालले बताए ।

सम्मानित भण्डारीलाई हर्लिक्स, फलफूल लगायतका पौष्टिक आहारसमेत वितरण गरिएको उनले जानकारी दिए ।

समाजका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महेश्वर अर्याल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्