| बुधबार, कार्तिक २५, २०८३

गोरखा–जितगढी पदयात्रा सकियो

नेपाली सेनाले निकालेको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्रा पूरा भएको छ ।
गत चैत २९ गते गोरखा दरबारबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखाबाट पश्चिमतर्फको मार्ग पछ्याउँदै बिहिवार जितगढी पुगेको हो ।

नेपालको राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित यात्रामा सहभागी टोली गोरखाबाट निस्किएको थियो ।

टोलीलाई गोरखा, तनहुँ, पाल्पा जिल्लामा पञ्चेबाजासहित जनप्रतिनिधि, स्थानीय लगायतले बिभिन्न ठाउँमा फूलमालाले स्वागत गरेका थिए ।

गोरखाबाट निस्किएको टोलीलाई सतीघाट पुगेर गोरखाको टोलीले तनहुँलाई झण्डा हस्तान्तरण गरेको थियो । तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपेन्देहीलाई हस्तान्तरण गरेको थियो । रुपन्देहीको टोलीले बिहिवार जितगढी पु¥याए भब्य कार्यक्रम गरि यात्रा सकिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्