
गजुरीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा गोरखाका बानियाँको मृत्यू
पृथ्वीराजमार्गको गजुरीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा गोरखाका एक युवाको मृत्यू भएको छ ।
मंगलबार दिउसो सवा तीनबजे भएको दुर्घटनामा परी गोरखा नगरपालिका वडा नं. ९ का लक्ष्मण बानियाँको मृत्यू भएको जिप्रका धादिङले जनाएको छ ।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ५८२६ नंबरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०३२–प १६५५ नंको स्कुटी एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गोरखा नगरपालिका ९ का २६ बर्षीय २६ का लक्ष्मण बानिँया घाईते भएका थिए ।
स्थानीय प्राथमिक स्वास्थ्यकेन्द्र गजुरीमा उपचारका क्रममा उनको मृत्यूको घोषणा भएको जिप्रका धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।
स्कुटी चालक बिहानीपम्म बस्ने बस्ने बर्ष ५५ का चेतनारायण श्रेष्ठ घाईते रहेको प्रहरीले जनाएको छ ।




