| बुधबार, कार्तिक २५, २०८३

सरस्वती माविका दृष्टिविहिन विद्यार्थीलाई कपडा तथा सरसफाई सामग्री प्रदान

गोरखा नगरपालिका वडा नं ८ आहालेको सरस्वती माविमा अध्ययरत दृष्टिविहिन बालबालिकाहरुलाई कपडा तथा सरसफाई सामग्री वितरण गरिएको छ । स्वर्गीय उमेश अर्यालको छैठौं पुण्य तिथि पारेर मंगलबार उक्त सामग्री वितरण गरिएको हो ।

स्वर्गीय उमेश अर्याल स्मृति सदन सरस्वती मावि रानीस्वाँरा आहाले गोरखाको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत १३ जना दृष्टिविहिन बालबालिकालाई कपडा सरसफाईका सामग्री वितरणसँगै सहभोज कार्यक्रम गरिएको स्मृति सदनकाका विश्वेश्वर कट्टेलले जानकारी दिए । बालबालिकाहरुकै माग अनुसार कपडा र सरसफाई सामग्री वितरण गरिएको उनको भनाइ छ ।

कट्टेलका अनुसार ठूलो आँगन घर भई हाल फ्रान्स निवासी हरिहर अर्याल, चन्द्रा अर्याल, निर्मल अर्याल र उर्मिला अर्यालको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । अर्याल परिवारले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई हरेकवर्ष सहयोग गर्दे आएका छन् । उनीहरुले गतवर्ष पनि विद्यार्थीहरुलाई सिरक वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदबाबु कट्टेलको अध्यक्षता तथा वडा नं ८ का वडाअध्यक्ष ऋषि खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक राजन कट्टेल, स्मृति सदनको तर्फबाट विश्वेश्र कट्टेल, स्थानीय समाजसेवी बलराम कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्