| बुधबार, कार्तिक २५, २०८३

माछाखोलामा १३२ केभिए प्रसारण लाईन बनाउन माग

गोरखा बूढीगण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाईन बनाउन माग गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतलाई विहिबार ज्ञापन पत्र बुझाउदै बूढीगण्डकी करिडोरको माछाखोलामा प्रसारण लाइन, सबस्टेशन÷हव निर्माण गरिदिनका लागि हाइड्रोपावर संचालकहरुले माग गरेका हुन् ।

बूढीगण्डकी आसपासका क्षेत्रमा धेरै जलविद्युत आयोजना निर्माण भइरहेको र केही निर्माण सम्पन्न भइसकेको तर सबस्टेशन र प्रसारण लाइन नहुदा साना जलविद्युत आयोजनाहरु समस्मा परेकाले त्यस क्षेत्रमा प्रसारण लाईन र सबस्टेशन बनाइदिनुपर्ने उनीहरुको माग छ ।

विहिबार उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतको भेटमा जलविद्युत आयोजनाका संचालकहरूले बूढी गण्डकी करिडोरमा ट्रान्समिसनलाईनको समस्या हल गर्ने गरिदिन आग्रह गरेका थिए । यस क्षेत्रमा विकास निर्माणको चरणमा रहेका अन्य आयोजनाहरु समेत गरि करिब १०० मे. वा. क्षमताका आयोजनाहरु अगाडी बढिरहेको छ ।

यस क्षेत्रमा प्रवर्द्धिधत आयोजनाहरुले लामो दूरीमा रहेका सवस्टेशनहरुमा जोड्ने गरि कनेक्सन एग्रिमेण्ट भएतापनि सो ठाँउसम्म ट्रान्समिसन लाईन निर्माण गर्नुपर्दा साना आयोजनाहरुलाई ठूलो व्यय भार पर्ने र आयोजना नै सम्भाव्य नहुने तथा वातावरणमा पनि नकारात्मक असर पर्ने देखिएको बिकास हाईईड्रो पावरको प्रबन्ध निर्गेशक कृष्ण घिमिरेले बताए । सो समस्या समाधानका लागि नेपाल सरकारको आवश्यक पहलबाट गोरखा जिल्लाको माछाखोला गाँउको आसपास क्षेत्रमा १३२ के भी डबल सर्किटको प्रसारण लाईन, सवस्टेशन हब निर्माणको लागि आवश्यक व्यवस्था मिलाइ आयोजनाहरुको विकास निर्माणमा सहजीकरण गरिदिन मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए ।

यस क्षेत्रमा पिपिए भैसकेका र पिपिए हुने लाईनमा रहेका हाईड्रो ब्यबसायीहरु पनि कन्ट्रकसनपावरको समस्याले अन्यौलता कायम रहेको उनको भनाइ छ । उक्त क्षेत्रमा ४.५५ मेघावार्डको हाईड्रो सम्पन्न भइसकेको र यस क्षेत्रमा ट्रान्समिसन लाइन बने विद्युत प्रसारणका लागि धेरै सहज हुने उनले बताए ।

उक्त भेटमा मन्त्री बस्नेतले गोरखाको उत्तरी भुगोल र बूढी गण्डकी आसपास क्षेत्रका बारेमा आफु पनि जानाकार रहेको बताए । साथै त्यस क्षेत्रको बिकासमा हाईड्रोपावरको निर्माणमा महत्वपुर्ण भुमिका हुने भएकाले माछाखोलालाई नै प्रसारण लाईनको हब निर्माण गर्ने कुरा विश्वस्त हुन ब्यबसायिलाई आश्वासन दिएका थिए । बूढीगण्डकी करिडोरमा राष्ट्रिय प्रशारण लाईन आवश्यकताको आधारमा काम हुने र त्यस क्षेत्रमा आफना ध्यान जाने उनले बताए ।

गोरखाको उत्तरी क्षेत्रमा जलविद्युत आयोजनाको लाईसेन्स लिएर बसेका अधिकांस ब्यबसायिहरूले त्यस क्षेत्रको समस्या समाधान गर्न र भैपरी आउने समस्यालाई छलफल गरी समाधान गर्नका लाग बूढीगण्डकी करिडोर आयोजना संचालकहरुको समूह समेत गठन गरिएको जनाएको छ ।

उक्त कार्यक्रममा वाटर इनर्जी डेभलपमेण्ट प्रालिका अध्यक्ष कृष्ण प्रसाद आचार्य, अपर स्याँगे हाइड्रोपावर लि. का अध्यक्ष वीर बहादुर घले, यारु हाइड्रोपावर प्रालिका अध्यक्ष प्रताप गुरुङ, बुढीगण्डकी हाइड्रोपावर कम्पनी प्रा.लि.का कार्यकारी प्रमुख कृष्ण प्रसाद घिमिरेले लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्