
हिउँमय उत्तरी गोरखाका चुम र नुब्री उपत्यका
गोरखाको चुम र नुब्री उपत्यकामा ढिला गरी मनग्य हिउँ परेको छ । केही दिनदेखि लगातार हिउँ परेर सोमबार मौसम खुलेपछि उपत्यकाका बासिन्दा खुशी भएका छन् ।
चुमनुब्री गाउँपालिका १ सामागाउँमा अहिले डेढफिटसम्म हिउँ परेको गौरीशंकर आधारभूत विद्यालयकी शिक्षिका गौरी तमुले जानकारी दिइन् ।
हिउँ परेर मौसम खुलेपछिको दृश्य देखर अहिले लार्केपासका लागि गएका विदेशी पर्यटक धेरै खुशी भएका उनले बताइन् ।
साथै सोही गाउँपालिका वडा नं. ७ छेकम्पारमा पनि यतिबेला मौसम खुलेर धेरै रमाइलो दृश्य देखिएको छ । चुम उपत्यका भ्रमणका लागि पुगेका पर्यटक उपत्यका नै सेताम्य देखेपछि निकै उत्साहित भएका त्यहाँका ङवाङ सोनाम लामाले जानकारी दिए ।
मनग्य हिउँ परेपछि गहुँ, जौ, करु, फापर राम्रो हुने भन्दै स्थानीय खुशी छन् ।





