| सोमवार, अशोज १८, २०८३

रुन्चेतको गण्डकी आधारभूत विद्यालयमा दुई कोठा भवन बन्ने

धार्चे गाउँपालिका वडा नं २ रुन्चेतस्थित गण्डकी आधारभूत विद्यालयमा दुई कोठे पक्क भवन बन्ने भएको छ ।

फ्रान्सको लेजामी दि लाप्राकको आर्थिक तथा प्राविधिक सहयोग र गणेश हिमाल एसोसिएशन, काठमाडौको समन्वयमा १४ लाख रुपैयाँको लागतमा भवन बन्न लागेको हो ।

भवन बनाउनका लागि बिहिबार संस्था र विद्यालय व्यवस्थापन समिति बीच सम्झौता भएको छ ।
२०७२ सालको भूकम्पले विद्यालयमा भवनमा क्षति पुगेको थियो । सोहि विद्यालयमा चौध लाख लागतमा दुई कोठा निर्माणका लागि सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा संस्थाको तर्फबाट गणेश हिमाल एसोसिएशनका अध्यक्ष सुनारबहादुर गुरुङ, विद्यालय तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुक बहादुर घले, विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटी र वडा अध्यक्ष सरोज गुरुङले हस्ताक्षर गरेका थिए ।

भवन चालु आर्थिक बर्षको असार मसान्त भित्रमा सम्पन्न गरिसक्नुपर्ने सम्झदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्