
कालिमाटी टोल विकास संस्थाको १४ औँ साधारण सभा सम्पन्न
गोरखा नगरपालिका वडा नं ६ मा रहेको कालिमाटी टोल विकास संस्थाको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा टोलमा सडक पार्किङ, सार्वजनिक शौचालय व्यवस्थित गर्ने कार्यहरू सहित टोलका बन्द शत्र कार्यक्रममा सचिव दीपक शाही र कोषाध्यक्ष सन्तमाया श्रेष्ठले प्रगति प्रतिवेदन पेश गरेका थिए ।
टोल समन्वय समिति तथा हरमटारी टोल विकास संस्था गोरखा अध्यक्षले कालिमाटी टोलको १४औ वाषिर्क साधारणसभाको शुभकामना सहित समग्रमा सबै एकताबद्ध भई टोल विकासमा अघि बढनुपर्ने बताए । कालिमाटी टोल विकास संस्थाका महिला उप(समिति संयोजक एवं बिजुली बत्ती संयोजक पूर्णकुमारी प्रधान (सविता) र सल्लाहकार मिनादेवी श्रेष्ठले टोलको गतिविधिका बारेमा प्रस्तुत गरेका थिए ।
टोलका अध्यक्ष माधव थापा मगरको अध्यक्षता तथा वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शक्तिचोक टोल विकास संस्थाका उपाध्यक्ष सपना गुरुङ, महादेवबारी टोल विकास संस्थाका कोषाध्यक्ष सुस्मिता बस्नेत, हरम टारी टोल विकास संस्थाका अध्यक्ष निलप्रसाद खनाल, गुरुङ समाजका केन्द्रिय सदस्य जगनसिंङ गुरुङ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।




