
गोरखामा एक जना फरार अभियुक्त पक्राउ
गोरखामा एक जना फरार अभियुक्त पक्राउ परेका छन् । भिमसेन थापा गाउँपालिका वडा नं ८ बोर्लाङका हिरा देवी श्रेष्ठलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
कर्तव्य ज्यान कसूर मुद्धामा ५ महिना १३ दिन कैद तोकिएका उनी लामो समय देखि फरार रहेका थिए ।
गोरखा जिल्ला अदालतबाट कैद तोकिई फरार रहेका अभियुक्तहरु पक्राउ गर्नको लागि फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरिएको टोलीले उनलाई पक्राउ गरिएको डिएसपी लामिछानेले बताए ।
कैद असूल उपरका लागि सोमबार उनलाई जिल्ला अदाल गोरखामा पठाएको थियो । अदालतबाट पक्राउ परेका श्रेष्ठलाई कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको प्रहरीले जनाएकोछ ।




