
गोनपा १४ मा रास्वपाको वडा कमिटि गठन, सभापतिमा पन्त
राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिका वडा नं १४ मा वडा कमिटी गठन भएको छ ।
शनिबार भएको पाटीको भेलाले वडा कमिटी गठन गरिएको हो । उक्त भेलाबाट वडा कमिटिको सभापतिमा हरि बहादुर पन्त चयन भएका छन् ।
समितिको उपसभापतिमा कृष्ण बहादुर भण्डारी र सचिवमा विकास थापा चयन भएका छन् । कोषाध्यक्षमा भने पछि चयन हुने पार्टीका गोरखा नगर सचिव अमृत भट्टराईले जानकारी दिए ।
सदस्यहरुमा सन्तोष पन्त, बाबुराम सग्रोला, दिपेन्द्र शाहा, सुरेश अधिकारी, सोमी श्रेष्ठ, रामशरण पन्थ र रमा पन्थ चयन भएको उनले बताए ।
पुर्व वडा अध्यक्ष दिप बहादुर भण्डारीको सभापतित्वमा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष सुर्वण रोकाया क्षेत्री, पालुङटार नगरसभापति लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।




