| बुधबार, कार्तिक २५, २०८३

संघिय सरकारले छिट्टै पूर्णता पाउँछ, प्रदेश सरकार पुर्नगठन हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने विषयमा मंगलवार बिहानदेखि छलफल सुरु भएको बताएका छन् ।
मंगलवार गोरखा २ को पन्थडिही कटहरे हर्मी साहिलटार सडक आयोजनाको शिलान्यास गर्दै उनले भने ‘हिजोबाट एउटा राजनीतिक बतावरण बनेको छ, लय पक्रियको छ, सरकारलाई पूर्णदिने प्रक्रियामा छौँ ।’

केही राजनीतिक घुम्ती पार गरेर सोमवार मात्रै नयाँ राजनीतिक समिकरण बनेको बताउँदै उनले नेपाली कांग्रेस सहितका विश्वासको मत दिएका दलहरुसँग सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु भईसकेको बताए ।

‘प्रदेश सरकार पुर्नगठन गर्ने, प्रदेशमा आलोपालो प्रणालीमा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि थप बिकास निर्माणको काम अघि बढाउने योजनामा छौँ’ प्रधानमन्त्री दाहालले भने । संघ, प्रदेश र स्थानीय सरकार बिच बिकास निर्माण र समन्वयका लागि बृहत्तर बैठकको आयोजना गर्ने तयारीमा आफु रहेको उनले बताए ।

अबको जिम्मेवारी देशलाई शुसासन, सामाजिक न्याय, समृद्धीको नयाँ अभियान तिर लैजाने रहेको र त्यसको नेतृत्व गर्ने अवसर आफुलाई प्राप्त भएको दाहालले बताए । ‘छिटो भन्दा छिटो सेवा दिएर जनताको विश्वास जित्ने शंकल्प लिएका छौँ’ उनले भने ।

विश्वासको मत पाएको भोलीपल्टै गोरखा आएर सडक शिलान्यसा गर्ने अवसर मिलेको भन्दै उनले खुसी ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्