
नेपाल सार्वजनिक सेवा कर्मचारी संघको प्रदेश अध्यक्षमा गोरखाका भट्ट
नेपाल सार्वजनिक सेवा कर्मचारी संघको गण्डकी प्रदेश अध्यक्षमा गोरखाका शैलेन्द्र भट्ट चयन भएका छन् । पोखरामा भएको दोस्रो अधिवेशनले भट्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
गोरखाका बिभिन्न संघ संस्थामा आवद्ध रहेका भट्ट नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखामा कार्यरत छन् । संघको उपाध्यक्षमा पदम बहादुर दरै, महिला उपाध्यक्षमा पार्वती अधिकारी, सचिवमा राम प्रसाद बास्तोला, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा गौतम थापा चयन भएका छन् ।




