| बुधबार, कार्तिक २५, २०८३

मनास्लु हिमाल सहित वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरू

सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् ।

विभागका अनुसार बिहीबारसम्म मनास्लु, अन्नपूर्ण प्रथम, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ ।

उनीहरुबाट ३८ लाख ९३ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको छ । विभागका अनुसार यी हिमाल चढ्न अनुमति लिनेमध्ये सबैभन्दा धेरै दक्षिण कोरियाका ६ जना छन् र अमेरिका र बेलायतका ३÷३ जना छन् ।

नर्वे, मेसिडोनिया, रोमानिया र चीनबाट २÷२ जनाले अनुमति लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्