| बुधबार, कार्तिक २५, २०८३

भीमवीरेश्वर सप्ताह ज्ञान महायज्ञमा रु. ७० लाख संकलन

गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ९ बुंकोटघाटमा भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । फागुन २३ गतेबाट सुरु भएको महायज्ञ ३० गते सम्पन्न भएको महायज्ञ मुल समारोह समितिका संयोजक सुरेन्द्र थापाले बताए ।

गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेर सुरु गरिएको महायज्ञ मंगलबार गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले समापन गरेका थिए । समापन कार्यक्रममा सभामुख धितालले भीमवीरेश्वर महादेव मन्दिर स्थानान्तरणका लागि स्थानीय, प्रदेश र संघ सरकारले पहल गर्नुपर्ने र आफुले पनि सक्दो सहयोग गर्ने उनले बताए ।

महायज्ञमा मुख्य वाचक वाचनप्रवीण पण्डित दीनवन्धु पोखरेलले भीमसेन थापाको सम्मान र मन्दिरको संरक्षणका लागि महायज्ञ आयोजना गरिएको बताए । महायज्ञबाट पूर्वीय दर्शनको आयाम जनमानस फैलाउनुपर्नेमा मद्दत पुगेको उनले बताए ।

सो अवधिमा महायज्ञमा २५ हजार भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको अनुमान छ । महायज्ञमा नेवार, गुरुङ, मगर लगायत विभिन्न समुदायको पनि बाक्लो उपस्थिति रहेको विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि भएको समितिका संयोजक थापाले जानकारी दिए ।

भीमवीरेश्वर सप्ताह ज्ञान महायज्ञ अन्य यज्ञभन्दा फरक रहेको बताउँदै उनले विश्वकर्माहरुले पनि जग्गेमै बसेर तुलादान गरिएको उनले जानकारी दिए । यसबाट समाजमा मानव–मानव बीच जातभात तथा छुवाछुत गर्नु हुँदैन भन्ने सकारात्मक सन्देशमा प्रवाह भएको उनले बताए । आठ दिनसम्म चलेको महायज्ञमा सात जनाको ब्रतवनध, नौ जनाले तुलादान गरेका थिए भने सहिदलखनलखन गाउँपालिका वडा न. ६ का भीमप्रसाद ढकालले एक रोपनी जग्गा दान गरेको उनले जानकारी दिए ।

त्यस्तै, सप्ताह ज्ञान महायज्ञबाट ७० लाख भन्दा बढी रकम संकलन भएको आयोजकले जनाएको छ । धेरैजसो रकम बैंकमा जम्मा भइसकेको र केही रकम जम्मा हुने क्रममा रहेको र प्रतिबद्धता गरेका रकम संकलन गर्ने कार्य भइरहेको उनले बताए । अवको हप्ता दिनमा महायज्ञको भएका सबै गतविधि सार्वजनिक गर्ने उनले बताए ।

यसअघि महायज्ञबाट डेढ करोड उठाउने लक्ष्य राखिए पनि देशमा आर्थिक मन्दी लगायतका विविध कारणले गर्दा सोचेअनुरुप रकम भने संकलन हुन नसकेको उनको भनाइ छ ।

महायज्ञमामा धादिङबाट जालामुखी गाउँपालिका, गोरखा सहिदलखन, गण्डकी, भीमसेन थापा गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका, चितवन र काठमाडौमा मानिसहरु आएका थिए । सोही अवसरमा दुईदिने निशुल्क स्वास्थ्य शिविर पनि संचालन भएको थियो ।

महायज्ञका आयोजक नामजुङ सेवा समाजका अध्यक्ष शिव बञ्जराले भीमवीरेश्वर महादेव मन्दिरलाई उपयुक्त स्थानमा स्थानान्तरणका पहिलो चरणको कार्यक्रम स्वरुप महायज्ञ संचालन गरिएको बताए । बूढीगण्डकी डुवान क्षेत्रमा पर्ने मन्दिरलाई नियम, कानुन र सबै सरसल्लाह अनुसार नै उपयुक्त स्थानमा स्थानान्तरण गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्