| बुधबार, कार्तिक २५, २०८३

ओमनाथ योगी : जसले रानीबन मन्दिर परिसरलाई यो सुन्दर अवस्थामा ल्याईन

गोरखा नगरपालिका ८ को रानीबन बिस्तारै धार्मीक गन्तब्यको रुपमा बिकास हुँदैछ । विसं २०३५ सालमा गोनपा ६ का सोमबहादुर भण्डारीले तीन महिना सम्म ध्यान गरेर बसेको उक्त ठाउँलाई उनकी छोरी शुशिला भण्डारी (ओमनाथ योगी) ले संरक्षण गर्दै आएकी छिन् ।

रानीबनमा सरस्वती, हनुमान, सिबजी, शुर्यनारायण, श्रीकृष्ण, गायत्री महायज्ञ गोरखान भुमी, गोरखानथको अखण्ड भूमी, जलधारा लगायतका मन्दिर र संरचनाह्र छन् । नाथहरु आएकाबेला बस्ने कुटी छ । एउटा आश्रम छ । नजिकै रानी रत्नावतीले स्थापित गरेको कुवा अहिले धारा छ ।

‘सबै संरचना नयाँ बनाएको हो, धेरै जनाले सहयोग गर्नुभएको छ, मैले हारगुहार गरेर यहाँ ब्यवस्थापन गर्ने, पुन निर्माण गर्ने गर्दै आएको छ’ योगीले भनिन् ‘यहाँ सम्म आउने सडक थिएन, राजनराज पन्त मेयर हुँदा संघसंस्थालाई भनेर यहाँ सम्म सडक ल्याउन सहयोग गरे ।’

पहिलेको पौवा अहिले ध्वस्त छ । पहिलेको पौवालाई पुन निर्माण गरेर संरक्षण गर्नुपर्ने उनले बताईन । काठको खम्बा र सिला थियो । सिला चाँही गोरखा संग्रहालयमा राखिएको उनले बताईन ।

२३ वर्षको हुँदा २०४६ सालमा शुशिला भण्डारीले घर छाडेकी थिईन । उनी हरिद्धार पुगिन् । २०४७ साल पुस २७ गते पृथ्वीजयन्तीको दिन उनी गोरखा फर्किईन । हरिद्धारमा ज्ञान लिएर उनले कुण्डल लगाईन । आफुले लगाएको कुण्डल पार्वतीले लगाएको कुण्डल भएको उनी बताउँछिन् । ‘हरिद्धारमा सन्तसाधुहरुको धेरैसम्मान छ, मलाई सन्तहरुले नेपाल नजाउ भनेका थिए’ उनले भनिन् ‘मेरो बुवा ध्यान गरेको ठाउँ रानीबन थियो, म त्यहाँ आश्रम बनाएर बस्छु भन्ने अठोट गरेर म नेपाल आएको थिएँ ।’

उनका बाबु सोमबहादुरले २०४० सालमा सरस्वती मन्दिर स्थापना गरेका थिए । त्यहाँ नित्यपुजा नियमित हुन्थ्यो । एक जना साधु राखेर पुजापाठ गर्ने प्रचालन थियो । उनलाई भण्डारी परिवारले खानेबस्ने ब्यवस्था गर्थे । तर साधुहरु लामो समय टिकेनन् । अन्तत शुसिला भण्डारी हरिद्धारबाट दुबै कानमा कुण्डल लगाई ‘ओमनाथ योगी’ भएर आईन आफ्नो बाबुले सुरु गरेको मन्दिर र आश्रम निर्माणमा उनी शक्रिय भईन ।

उनी रानीबन आउँदा र अहिले धेरै फरक छ । स्वरुप नै बद्लिएको छ । अहिले रानीबन पुग्ने जो कोहीलाई त्यहाँको धार्मिक स्थल, मठ मन्दिर देखेर मन भुलाउन गाह«ो हुँदैन । विषेश पुजाआज हुने बेला भक्तजनको भिड लाग्छ । सरस्वती पुजाको दिन विद्यार्थीहरुकोपनि त्यहाँ घुँईचो हुन्छ । बिभिन्न ठाउँबाट भक्तजन, सन्तहरु आउने जाने गर्छन् ।

केही ब्यक्तिलाई बस्न मिल्ने ठाउँपनि त्यहाँ बनाइएको छ । आएका भक्तजनलाई खुवाउने र केही दिन राख्ने काम योगी आफैँले गर्छिन ।

मन्दिर वरपर वृक्षारोपण गरेर योगीले जंगल हुर्काएकी छिन् । उक्त ठाउँको ३२ रोपनी १४ आना जग्गा सरस्वती आश्रम सन्तकुटी धार्मीक बनको नाममा छ । यो राजा बिरेन्द्रको ट्रस्ट भित्रको जग्गा रहेको ओमनाथ योगी बताउँछिन् । रानीबन क्षेत्रको २७ सय हेक्टर जमिन राजा बिरेन्द्रको नाममा रहेको उनले बताईन ।

रानीबन क्षेत्रको संरक्षण गरेर बस्दा भोग्नुपरेका दुःख, पिडाको धेरै अनुभव योगीसँग छ । ‘वृक्षारोपण गर्दैगर्दा २०६० सालमा मलाई यहाँबाट निकाल्न प्रयास भयो’ उनले भनिन् ‘यहाँ हडप्न खोज्नेहरुले लखेट्न खोजे, मलाई कुनै स्वार्थ थिएन, स्वार्थ भए पो डर हुन्छ । छोरा दाजुभाईलाई अशं दिने होईन । गोरखामा धार्मीक इतिहास पर्यटन भित्र्याउने हो ।’ आफु निरन्तर संघर्ष गरेर यहाँको संरक्षणमा लागिरहेको उनले सुनाईन ।

गोरखाका योद्धाहरुले ठुला ठुला घटनामा देशकालागि धेरै योगदान गरेपनि निश्वार्थ काम गर्ने गोर्खाली कम भएको उनले सुनाईन । ऐतिहासक सम्पदा सबै नेपालीको अधिकार भएको बताउँदै उनले सबैले संरक्षण गर्न सक्ने हो भने त्योबाट सँधै, सबैलाई फाईदा मिल्ने बताईन ।

कहिले शौचालय भत्काउने, कहिले जग्गा हडप्न खोजे, पानीको मुहानमा हस्तक्षेप गर्न खोज्ने धेरै प्रयास भईरहेको गुनासो ओमनाथ योगीको छ । यसको संरक्षण गर्न सकियो भने दिर्घकालिन गोरखालाई फाईदा हुने भन्दै उनले इतिहास जोगाउनसबैको साथ चाहिएको बताईन ।

प्रतिक्रिया दिनुहोस्