
गुम्दाका १६ वर्षीय बालक आठ दिन देखि सम्पर्क विहिन
धार्चे गाउँपालिका वडा नं ५ स्थायी घर भएका १६ वर्षीय सोम बहादुर गुरुङ आठ दिन देखि सम्पर्क विहिन भएको छ ।
गत फागुन २२ गते देखि घरबाट भागेर हिडेको तर अहिले सम्म खोजी गर्दा नभेटिए पछि आफन्तले इलाका प्रहरी कार्यालय माछिखोलामा बालक खोजी गरी पाउ भनि निवेदन दिएको छ ।
गोरखा, पोखरा र काठमाडौका आफन्तहरुसँग कुराकानी गर्दा नभेटिएको बालकका आफन्त तिसमान गुरुङले बताए ।
कसैले भेटे वा देखेको खण्डमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन समेत बालकका आफन्तले आग्रह गरेका छन् ।




