| सोमवार, अशोज १८, २०८३

द्रव्यशाहमा स्ववियु निर्वाचन : कुँवरले उम्मेद्वारी फिर्ता लिए, सभापतिमा घिमिरे एकल उम्मेद्वार

गोरखाको लक्ष्मीबजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा शनिवार स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका विद्यार्थी प्रमोदजंग कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् ।

अब त्यहाँ चार विद्यार्थी संगठनको गठबन्धनबाट सभापति पदका उम्मेदवार बनेका नेपाल विद्यार्थी संघका सौनक घिमिरेको एकल उम्मेदवारी कायम भएको छ । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियनको साझा उम्मेदवार घिमिरे थिए ।

द्रब्यशाह बहुमुखी क्याम्पसको नेविसंघ ईकाई उप सभापति रहेका प्रमोदजंग कुँवरले राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । अन्ततः उनले उ म्मेद्वारी फिर्ता लिँदै घिमिरेलाई सहयोग गर्ने भएका हुन् । सभापति बाहेकका अन्य पदमा शनिवार नै एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण पराजुलीले बताए ।

यस्तै सचिवमा सचिन खनाल, कोषाध्यक्षमा अबिन श्रेष्ठको उम्मेदवारी परेको छ । सदस्यहरुमा प्रत्यक्षतर्फ नेविसंघको तर्फबाट राजेश श्रेष्ठले र अन्य संगठन तर्फबाट बिपना कोईराला, अनुप सिंम्खडा, प्रताप थापा मगर, नबिना गुरुङले उम्मेदवारी दिएका छन् ।

द्रब्यशाहमा सभापति, कोषाध्यक्षसहित तीन सदस्य नेविसंघले लिने, उपसभापति, सचिव र तीन सदस्य अखिल क्रान्तिकारी, अनेरास्ववियुले सहसचिव सहित एक सदस्य लिने र नेपाल समाजवादी विद्यार्थी युनियनले तीन सदस्य लिने सहमति भएको थियो । समानुपातिकतर्फ सन्दिपबाबु खत्री, सुमिना ज्ञवाली, सन्तोष बस्नेत, नैईया गुरुङ, असिम श्रेष्ठ, नम्रता थापा मगर, पवन गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्