
धार्चे गाउँपालिकाले मनायो स्थापना दिवस, पालिकालाई योगदान गर्नेहरु सम्मानित
धार्चे गाउँपालिकाले आफ्नो स्थापना दिवस एक समारोह गरी धुमधामले मनाएको छ । सो अवसरमा पालिकालाई विभिन्न क्षेत्रमा रही योगदान पु¥याएका र सहिद परिवारलाई सम्मान गरेको छ । शनिबार आयोजित समारोहमा निवर्तमान जनप्रतिनिधिहरु, सहिद परिवारहरु र विभिन्न क्षेत्रमा रही धार्चेको विकास र समृद्धिमा योगदान पु¥याएको व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
जसमा सहिद परिवार अन्तरगत सम्मानित हुनेहरुमा धार्चे गाउँपालिका ५ का सहिद परिवारबाट छलकन्या गुरुङ, चित्रमाया गुरुङ र विषमाया गुरुङ रहेका छन् । वडा नं ७ बाट ऐरानी गुरुङ, आइनी गुरुङ, कान्छी गुरुङ र वडा नं ६ बाट पवन घलेलाई सम्मान गरिएको छ ।
त्यस्तै, पालिकाले विभिन्न क्षेत्रमा रही धार्चेको विकास र समृद्धिमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा नं १ बाट सूर्यबहादुर भट्टराई, वडा नं २ बाट विष्णु गुरुङ, छेटुप गुरुङ, टेकबहादुर गुरुङ र धन बहादुर घले रहेका छन् । शिक्षा सेवामा पहिलो मावि स्थायी प्रदिप गुरुङ, वडा नं ३ का बुद्धबहादुर गुरुङ र दल बहादुर गुरुङलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सोहि वडाबाट नै राष्ट्रिय खेलाडी(भारोतोलन) मुक्तिराम घलेलाई सम्मान गरिएको छ ।
वडा नं ४ बाट २०७२ को भूकम्पका बेला धार्चे सहयोग पु¥याएका मारसिङ गुरुङ, नेपालको पहिलो अन्तर्राष्ट्रिय माउण्टेन गाइड सुनारबहादुर गुरुङ, धार्चेको कला सांस्कृतिकलाई देशभर चिनाउने कारमाया गुरुङ र दाम्नी गुरुङ, गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही तथा धार्चेका पहिलो पर्यटन व्यवसायका परिवार स्व. इमानसिङ गुरुङ र अवकाश कर्मचारी इविलाल गुरुङ र राष्ट्रिय खेलाडी(कराते)मा सागर गुरुङलाई सम्मान गरिएको छ ।
वडा नं ५ बाट पूर्वराज्यमन्त्री छम बहादुर गुरुङ, प्रहरी निरीक्षक प्रीतिपाल गुरुङ, गणतन्त्र सनानी जीवन गुरुङ, गुरुङ समुदायको उत्थानमा सहयोग पु¥याएका अमरबहादुर गुरुङ र उत्तरी गोरखाको भाषा, संस्कृति संरक्षण तथा उत्थानमा सहयोग पु¥याएका टेकबहादुर गुरुङलाई सम्मान गरिएको छ । त्यस्तै, गण्डकी प्रदेशको पहिलो महिला सगरमाथा आरोही नानुमाया गुरुङ, पहिलो जनसरकार प्रमुख साबुर गुरुङ, पर्यटन व्यवसायी साने गुरुङ, स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका डा. शेरमान गुरुङ, धार्चेको पहिलो डबल प्याराग्लाइडिङ गाइड मानबहादुर गुरुङ र अवकाश प्राप्त कर्मचारी धनबहादुर गुरुङलाई सम्मान गरिएको छ ।
वडा नं ६ बाट समाज सेवा विधाबाट मानसिंङ गुरुङ, अवकाश प्राप्त कर्मचारी चन्द्रबहादुर गुरुङ, पुन्द्रबहादुर गुरुङलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । वडा नं ६ बाट नै जेष्ठ नागरिक हर्कमान घलेलाई सम्मान गरिएको थियो ।
त्यसैगरी वडा न. ७ बाट गणतन्त्र सेनानी सुर्यबहादु गुरुङ, पहिलो निर्वाचित महिला वडा अध्यक्ष रत्नकुमारी गुरुङ, मिस जनजाति २०१९ एलिजा गुरुङ, मिस गुरुङ २०२० सुस्मिता गुरुङ र सोनार गुरुङ र राष्ट्रिय खेलाडी(एथलेटिक्स) निशान गुरुङलाई सम्मान गरिएको छ ।
त्यस्तै, निवर्तमान गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, निवर्तमान उपाध्यक्ष फुलमाया गुरुङ, सात वटै वडाका निवर्तमान वडा अध्यक्षहरु दिलिप गुरुङ, सुकबहादुर गुरुङ, इन्द्रप्रसाद गुरुङ, राज गुरुङ, तुल बहादुर गुरुङ र निवर्तमान कार्यापालिका सदस्य र वडा सदस्यलाई सम्मान गरिएको थियो ।
त्यस्तै, धार्चेको शिक्षा क्षेत्रमा योगदान पु¥याएका भक्तपुर महानगरपालिका वडा नं १० का इन्द्रबहादुर उपरकोटी र पालिकाको शिक्षा शाखामा कार्यरत रही हाल अवकाश प्राप्त कर्मचारी ताराप्रसाद आचार्य र पहिलो प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
धार्चे गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरु, अवकाश प्राप्त कर्मचारी, खेलाडी, सौन्दर्य प्रतियोगिताका विजेता, उच्च पदस्थ कर्मचारी, पर्यटन क्षेत्रका व्यक्ति, समाज सेवा, कला संस्कृति, गणतन्त्र प्राप्तिमा योगदान पु¥याउने र उच्च राजनीतिक व्यक्तिहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा भौतिक विकास पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले धार्चे गाउँपालिका भित्रका शाखा सडकहरुमा स्तरउन्नति तथा विस्तारका लागि केन्द्रबाट आवश्यक बजेट विनियोजन गर्ने बताए । बेनिघाट आरुघाट लार्के सडकखण्डलाई दुवैतर्फबाट काम अघि बढाउने गरी सम्बन्धित निकायमा पहल भइरहेको समेत उनले जानकारी दिए ।
पालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता तथा उप्रधानमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेस धार्चेका सभापति सन्तोष गुरुङ, पूर्वराज्य मन्त्री छमबहादुर गुरुङ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतले मन्तव्य राखेका थिए ।




