| सोमवार, अशोज १८, २०८३

नेपाल शिक्षक संघ, गोरखाका अध्यक्षमा लक्ष्मण आचार्य


नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा लक्ष्मणबाबु आचार्य सर्वसम्मत चयन भएका छन् । सदरमुकाममा शनिबार सम्पन्न भएको नवौँ अधिवेशनबाट नयाँ कार्यकालका लागि आचार्यको नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।


समितिको उपाध्यक्षमा सर्मिला ढकाल र जनीबहादुर घले र सचिवमा रुद्रप्रसाद उप्रेती चयन भएका छन् । सचिव अर्थमा अर्जुन बाबु श्रेष्ठ, सहसचिवमा निरबहादुर खड्का र शान्ता सापकोटा खनाल, सहसचिव अर्थमा रमादेवी पोखरेल, सहसचिव समावेशीमा हरिनारायण श्रेष्ठ र यमबहादुर गुरुङ चयन भएका निर्वाचन आयुक्त धु्रवराज अर्यालले बताए ।


महिला सदस्यहरुमा रत्न ढकाल, कल्पना पोखरेल, तीलकुमारी पोखरेल(सविना), सदस्य खुल्लाबाट सोमप्रकाश पोखरेल, कृष्णराज कार्की, तोयनाथ धिताल, भीमसेनकाजी बानियाँ चयन भएका छन् । प्रदेश अधिवेशन प्रतिनिधिमा महिलाबाट रीता ढकाल अधिकारी, सगुना ढकाल र खुल्लाबाट उमाकान्त ढकाल, रामचन्द्र सापकोटा, भुवनबहादुर अधिकारी, रामेश्वर पोखरेल, लक्ष्मीकान्त खनाल चयन भएका छन् । संघीय महाधिवेशन प्रतिनिधिको रुपमा महिलाबाट साधना त्रिपाठी, पार्वती अम्गाई र खुल्लाबाट केशरसिंह बस्नेत, शिवबहादुर थापा, मोहनबाबु सापकोटा र श्यामप्रसाद लामिछाने चयन भएका निर्वाचन आयुक्त अर्यालले जानकारी दिए ।


कार्यक्रममा संघका तत्कालीन सचिव लक्ष्मणबाबु आचार्यले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र तत्कालीन सचिव अर्थका रामेश्वर पोखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरिएको थियो ।


संघका तत्कालीन अध्यक्ष शिव थापाको अध्यक्षता तथा नेपाल शिक्षक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एमबी भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद नन्दप्रसाद न्यौपाने, संघका गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, लमजुङ जिल्ला अध्यक्ष शिव अधिकारी, गोरखाका पूर्व अध्यक्षहरु तयराज गुरुङ, लुमनाथ लामिछाने, पूर्व केन्द्रीय सदस्यहरु सिताराम भट्ट र प्रेमबहादुर थापा, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा गोरखा नगरपालिकाका निवर्तमान उपप्रमुख विनाकुमारी श्रेष्ठ, भीमसेनकाजी बानियाँ, शान्ता सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्