| सोमवार, अशोज १८, २०८३

स्ववियु निर्वाचन : गोरखा क्याम्पसको सबै पदमा सर्वसम्मत

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकालागि शनिवार मनोनयन दर्ता भएको छ । गोरखा क्याम्पस गोरखामा सबै पदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत शिवदत्त दवाडीले बताए । एकल उम्मेदवारीसँगै गोरखा क्याम्पसमा सर्वसम्मत स्वीयू चयन हुने निश्चित भएको छ ।

सभापतिमा बिष्णु पाण्डे, सचिवमा परशुराम भट्ट र कोषाध्यक्षमा सुस्मिता दवाडीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रत्यक्षतर्फको पाँच सदस्यमा सबिना गुरुङ, नारायण भट्ट, बिनय गुरुङ, पुजा खड्का र राजाराम बोहोराले उम्मेदवारी दिएका छन् । समानुपातीक तर्फ सात सदस्यमा सिम्रन गुरुङ, रचन परियार, पुष्पा गुरुङ, बिनिता मग्राती, अनुप तिवारी, रचना बसेल, बिक्रम तामाङको उम्मेदवारी दर्ता भएको छ ।

शुक्रवार साँझ गोरखा सदरमुकाममा बसेको चार विद्यार्थी संगठन र संम्वद्ध दलका नेताहरुको बैठकले सभापति र कोषाध्यक्ष सहित तीन सदस्य अखिल क्रान्तिकारीले लिने, सचिव, सह सचिव सहित तीन सदस्य नेविसंघले, उपसभापति सहित दुई सदस्य अनेरास्वीयुले लिने र नेपाल समाजवादी विद्यार्थी युनियनले दुई सदस्य लिने सहमती भएको थियो । सोही अनुसार विद्यार्थी संगठनले गोरखा क्याम्पसमा उम्मेदवारी दर्ता गराएका हुन् ।

‘जति पद हो त्यती नै उम्मेदवारी परेको छ’ निर्वाचन अधिकृत दवाडीले भने ‘दावी बिरोधको समय आईतवार २ बजे सम्म, अन्तिम नामावली प्रकाशन फागुन २९ गते, अन्तिम घोषणा चैत ५ गते गरिनेछ ।’ निर्वाचन प्रक्रिया पुरा गर्नुपर्ने भएकाले चैत ५ गते मात्रै घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्