| बुधबार, कार्तिक २५, २०८३

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द

आज दिनभर गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा बिजुली नआउने

गोरखा नगरपालिका र भिमसेन गाउँपालिका शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएकोछ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले शुक्रबार सूचना जारी गर्दै गोनपा र भिमसेन थापा गाउँपालिका विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

गोरखा स÷स बाट सप्लाई भएको ११ के.भि. महेन्द्र ज्योति फिडरमा विद्युत लाइन मुनि तथा लाइन आसपासमा परेको रुखका हाँगाविगाँ काट्नु पर्ने भएको विद्युत सेवा अवरुद्ध हुने कार्यालयले जनाएको छ कार्यालयका अनुसार शनिबार विहान साढे नौ बजे देखि बेलुका ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

जसमा गोरखा नगरपालिका भित्रका वडा न. १, २, ३, ४, ५, ६ र भिससेन थापा गाउँपालिकामा विद्युत सेवा अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्