| बुधबार, कार्तिक २५, २०८३

गोरखामा एकल महिलाहरुको लागि नेतृत्व विकास कार्यक्रम

गोरखामा एकल महिलाहरुको लागि नेतृत्व विकास तालिम सुरु भएको छ । एकल महिला समूह जिल्ला कार्य समितिको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको आर्थिक सहयोगमा शुक्रबारबाट कार्यक्रम सुरु भएको हो ।

दुई दिन सम्म संचालन हुने तालिममा नेतृत्व विकास, उद्धघोषण, प्रास्तावना लेखन, प्रतिवेदन लेखन र लैगिक हिंसा न्यूनीकरण सम्बन्धी प्रशिक्षण हुने समाजका अध्यक्ष मिना अधिकारीले बताइन् ।

तालिमको पहिलो दिन पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले नेतृत्व विकास र उद्धघोषण कलाका बारेमा प्रशिक्षण दिएका थिए ।

तालिममा गोरखा नगरपालिका भित्रका वडाहरुबाट ४० जना भन्दा बढी महिलाको सहभागिता रहेका छन् ।

समाज अध्यक्ष मिना अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियार, शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्य, जिल्ला बाल सन्जाल गोरखा अध्यक्ष तथा पद्धति विकास केन्द्र गोरखाका कार्यकारी निर्देशक कमला लामिछाने, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायत तालिममा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्