
धार्चेमा नेपाली काँग्रेसको संगठन सुदृढीकरण अभियान सम्पन्न
नेपाली काँग्रेस धार्चे गाउँपालिका पार्टीको संगठन सुदृढीकरण अभियान सम्पन्न भएको हो । नेपाली काँग्रेस धार्चे गाउँपालिकाको आयोजनामा एक महिनासम्म अभियान संचालन भएको थियो ।
उक्त अवधिमा पालिकाभित्रका सात वटै वडामा पुगेर पार्टीको भातृ संस्था गठन तथा पुनर्गठन गरिएको पालिका सभापति सन्तोष गुरुङले बताए । धार्चेमा किसान संघको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति संघ धार्चे कार्य समितिको सभापतिमा सन्तबहादुर गुरुङ चयन भएका छन् । गुरुङको सभापतिमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
त्यस्तै, धार्चे दलित संघको प्रथम अधिवेशनबाट कमला विकको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको पालिका सभापति गुरुङले जानकारी दिए । माघ २५ गते देखि फागुन २५ गते सम्म संचालन भएको पार्टीको संगठन सुदृढीकरण अभियान अन्तरगत भातृ संस्था गठन तथा पुर्नगठनसँगै स्थानीयहरुको समस्या पहिचान गरी टिपोट गरिएको उनले बताए । उक्त समस्याहरु सम्बन्धित निकायमा पु¥याइने समेत उनले बताए ।
नेपाली कांग्रेस धार्चे गाउँपालिका सभापति सन्तोष गुरुङको सभापतित्व तथा नेपाली काँग्रेस गोरखाका सहसचिव लुमनाथ लामिछाने, महासमिति सदस्य फुलमाया गुरुङ, जिल्ला कार्य समिति सदस्य तुलबहादुर गुरुङ, सूर्यमान गुरुङ, नेविसंघ जिल्ला सदस्य रोजन गुरुङ लगायतको उपस्थितिमा अभियान संचालन भएको हो ।




