| बुधबार, कार्तिक २५, २०८३

गोरखा उवासंघद्वारा पत्रकार महासंघ, गुरुकुल र आरती समितिलाई आर्थिक सहयोग

उद्योग वाणिज्य संघ गोरखाले स्थापना दिवसको अवसरमा बिभिन्न संघ संस्थालाई आर्थिक सहयोय प्रदान गरेको छ । ४९ औँ स्थापना दिबसको अवसरमा संघको कार्यालयमा विहिबार एक कार्यक्रमका पत्रकार महासंघ, गोरक्षनाथ वैद्धिक गुरुकुल र पुष्करतिर्थ आरती समितिलाई आर्थिक सहयोग गरिएको हो ।

संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले पत्रकार महासंघ गोरखाको निर्माणाधिन भबनकालागि ३० हजार, बैदिक गुरुकुल विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु २५ हजार, पुष्कर तिर्थ आरती समितिलाई १० हजार प्रदान गरेका हुन् । पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, गोरखक्षनाथ वैद्धिक गुरुकुलका अध्यक्ष बोधप्रसाद अधिकारी, पुष्करतिर्थ आरती समितिका संयोजक भगवानबाबु मास्केलाई उक्त रकम प्रदान गरिएको हो ।

४९ औँ स्थापना दिबसको अवसरमा संघले केक काटेर दिबस मनाएको थियो । संघका अध्यक्ष श्रेष्ठले संघका विगतका गतिविधिहरु र हाल सम्म संघका अध्यक्षहरुको योगदानको बारेमा चर्चा गरेका थिए । गोरखा उद्योग वाणिज्य संघ २०३० सालमा स्थापना भइ जिल्लामा निजी क्षेत्रमा आवद्ध व्यवसायीहरुको नेतृत्व गर्दै आएको छ ।

संघका पुर्व अध्यक्ष जीवनज्योति श्रेष्ठले तीन तह सरकारसँगको समन्वयमा जिल्लामा उद्योग स्थापना लगायतका व्यवसायीहरुको हकहितको पक्षमा धेरै काम गर्न बाँकी रहेको बताए ।

देशमा अहिले आर्थिक मन्दी रहेको र यसको प्रभाव जिल्लामा समेत देखिएको बताउँदै व्यवसायीहरुको उत्थान, प्रवद्र्धनको नेतृत्व उद्योग वाणिज्य संघले गर्नुपर्ने संघका पुर्व अध्यक्ष विश्वदेव श्रेष्ठले बताए ।

संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा, गुरुकुल ब्यवस्थापन समिति अध्यष बोधप्रसाद अधिकारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्