
रिता फाउण्डेसनद्धारा अन्तराष्ट्रिय महिला श्रमिक दिबसको अवसरमा अन्तरक्रिया
रिता फाउण्डेशनले एक सय १३ औँ महिला श्रमिक दिबसको अवसरमा गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
दलित तथा पिछडिएका बर्गलाई महिला हक अधिकार, महिला हिंसा, घरेलु समस्या लगायका बारेमा जनचेतना जगाउने उद्देश्यले अन्तरक्रिया गरिएको फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनका संचालक रिता परियारले हक अधिकारकालागि महिलाहरुको भुमिका र अहिलेको बर्तमान अवस्थाका बारेमा अभिमुुखिकरण गराएकी थिईन ।
अन्तरक्रियामा सहभागी महिलाहरुले अहिलेपनि महिलाहरुले भोग्नुपरेको बिभिन्न खाले समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्नेबारेमा जिज्ञासा राखेका थिए ।
सहभागीको जिज्ञासालाई फाउण्डेशनका अध्यक्ष परियारले सहजिकरण गरेकी थिईन । रिता फाउण्डेशनले सन् २०१९ देखि गोरखामा बिभिन्न खालका सामाजिक गतिविधी संचालन गर्दै आएको छ ।




