| बुधबार, कार्तिक २५, २०८३

बारपाकसुलिकोटको उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार पुरस्कार दिने घोषण

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले लोगो डिजाइन प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी रामआचार्यद्वारा मंगलबार एक सूचना जारी गर्दै पालिको उत्कृष्ट लोको बनाउनेलाई नगद रु ३० सहित सम्मान गर्ने जनाएको छ । उक्त लोगो आगामी चैत्र १० गते सम्म पालिकामा बुझाइसक्नुपर्ने छ ।

लोगो डिजाइन गर्दा समग्र गाउँपालिकाको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक चरित्र झल्कने प्रकृतिको हुनुपर्ने, अन्य गाउँपालिकाको लोगोभन्दा भिन्न र मौलिकता झल्किने हुनुपर्ने र लोगोमा समावेश भएका चित्र शब्द संकेतहरुको व्याख्या तथा विश्लेषण समेत समावेश भएको हुनुपर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सबै सरकारी, सामुदायिक तथा सो प्रकृतिका संस्थामा कार्यरत कर्मचारी समेत सहभागी हुने गरी सबै सहभागिताका लागि खुल्ला गरिएको पालिकाले जनाएको छ ।

त्यस्तै, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्ररहेका पर्यटकीय स्थलको फोटो संकलन गर्ने भएको छ । पालिका भित्र पर्ने पर्यटकीय, धार्मीक, सांस्कृत एवं ऐतिहासीक महत्व झल्किने खालका फोटो संकलन गर्न लागेको गाउँपालिकाका प्रखुम प्रशासकिय अधिकृत तुलसी राम आचार्यले बताए ।

संकलित तस्विर गाउँपालिकाको परिषर वेवसाइट तथा इन्टेरियर सजावटका रुपमा राखिने उनले बताए । त्यस्ता तस्विरहरु खिच्ने व्यक्तिले पालिकालाई तस्विर उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।

तस्वीर एज डि रिजोलुशनमा हुनु पर्ने, तस्वीरको स्थान सहितको बिवरण खुलाउनु पर्ने, खिच्नेको नाम थर, ठेगना, स्थान र मिति उल्लेख गरिएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

तस्विरहरु ito.sulikotmun@gmail.com, barpaksulikotrm@gmail.com मार्फत पठाउन सकिने सूचनामा उल्लेख गरिएको छ । आफुले खिचेका फोटोहरु सूचना जारी भएको मिति देखी १५ दिन भित्रमा माथी दिएको इमेल मार्फत उपलब्ध गराउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्