| बुधबार, कार्तिक २५, २०८३

आजदेखि भीमवीरेश्वर आद्यात्मिक महोत्सव तथा सप्ताह ज्ञान महायज्ञ

सहिदलखन ९, बुंकोटघाटमा आजदेखि भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुदैछ । महायज्ञका लागि सोमबार साँझसम्म सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ ।

मण्डप निर्माण लगायत सम्पूर्ण तयारी पूरा भइसकेको मूल समारोह समितिका संयोजक सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
आज(मंगलबार) बिहान ११ बजे मन्दिर परिसरबाट कलशयात्रा हुने छ । सो कलशयात्रा त्रिवेणीमा पुगेर पुनःमन्दिर परिसरलाई परिक्रमा गरेर महायज्ञमा सहभागी हुने कार्यक्रम तय भएको संयोजक थापाले जानकारी दिए ।

महायज्ञको गण्डकी प्रदेशका सांसद तथा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक नामजुङ सेवा समाजका अध्यक्ष शिव वञ्जराले जानकारी दिए ।

बूढीगण्डकी जलविद्युत आयोजनाका कारण डुबानमा पर्ने भएपछि भीमवीरेश्वर महादेव मन्दिर स्थानान्तरणका लागि आवश्यक जग्गा खरिद तथा मन्दिर निर्माण गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको आयोजक नामजुङ सेवा समाजका अध्यक्ष बञ्जाराले बताए ।

महायज्ञमा मुख्य वाचक प्रवीण पण्डित दीनवन्धु पोखरेल रहने छन् भने सहायक वाचक तथा अन्य नौ जना व्राह्मण रहने बन्जाराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्