| बुधबार, कार्तिक २५, २०८३

युवा व्यवसायी लामिछानेद्वारा पत्रकार महासंघ गोरखाको भवनका लागि १५ हजार सहयोग

पत्रकार महासंघ गोरखाको निर्माणाधीन भवनका लागि युवा व्यवसायी सैलेश लामिछानेले नगद १५ हजार सहयोग गरेका छन् । भवन निर्माणमा आर्थिक अभाव भएर पूरा गर्न समस्या भइरहेका बेला उनले उक्त रकम सहयोग गरेका हुन् ।

पत्रकार महासंघ गोरखाले शाखाले गोरखा नगरपालिका ८ आलेगाउँमा निर्माण गरिरहेको भवनकालागि समाजसेवी लामिछानेले उक्त सहयोग गरेका हुन् । भवन निर्माणमा आर्थिक अभाव भएको सुनेर केही सहयोग गर्ने इच्छा जागेको उनले बताए ।

गतवर्षदेखि निर्माण सुरु भएको उक्त भवन अहिले अन्तिम चरणमा छ । आर्थिक अभावमा कारण काम अघि बढाउन नसकिएको पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले बताए ।

करिब ८० लाख लाग्ने अनुमान गरिएको भवन निर्माणकालागि गण्डकी प्रदेशबाट २० लाख, गोरखा नगरपालिकाबाट १३ लाख, शहीदलखन गाउँपालिकाबाट २ लाख प्राप्त भएको छ ।

पालुङटार नगरपालिका, धार्चे, चुमनुब्री गाउँपालिकालेपनि बजेट दुईदेखि पाँच लाख बजेट बिनियोजन गरेका छन् । यो बजेट अन्तरगतको काम चलिरहेको छ । केही ब्यक्ति र संघ संस्थाबाट पनि सहयोग जुटिरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्