| बुधबार, कार्तिक २५, २०८३

बहुगोत्री मिलन समाजका अध्यक्षमा सरोज पोखरेल

जिल्लाका विभिन्न पालिकाबाट गोरखा सदरमुकाम आई बसोबास गरेकाहरुको साझा संस्था बहुगोत्री मिलन समाजका अध्यक्षमा सरोज पोखरेल निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार सम्पन्न समाजको १५ औँ साधारण सभा तथा छैठौ अधिवेशनले पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


अधिवेशनले उपाध्यक्षमा सानुमाया खड्का, सचिवमा राजन ढुंगाना र कोषाध्यक्षमा प्रदीपसिँह क्षेत्रीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा बिमला खड्का, संगीता लामिछाने, मैयाँ वाग्ले, विष्णु रेग्मी, मेघनाथ लामिछाने र खिलप्रसाद रेग्मीलाई चयन गरेको हो ।


निवर्तमान कार्यसमितिका अध्यक्ष सीताराम तिवारीको अध्यक्षतामा सञ्चालन भएको साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, पूर्व अध्यक्ष ऋषिराम देवकोटा, उपाध्यक्ष सानुमाया खड्का र सदस्य रञ्जना पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्